सोमबार, असोज ११ २०७८
काठमाडौं ०२:५४
वासिङटन डिसी 17:09

भष्ट्रचारी र देशको पौसा लुट्नेलाई नछोड्ने देउवा (भिडियो सहित)

गोपाल काफ्ले पथरी २०७५ पुष २२ गते १२:१७ मा प्रकाशित

जहाज प्रकरणमा मुछिएका ब्याक्तीहरुलाई सरकारले जोगाउन खोजेको नेपाली काङ्ग्रेसका सभापती सेरबहादुर देउबाले बताए ।

नेपाल राष्ट्रय मगर संघ लेटाङको प्रशिक्षण कार्यक्रममा बोल्दै देउबाले जहाज खरिद प्रकरणमा मुछिएका भष्ट्रचारीलाई लुकाउन बिभिन्न समिती खडा गरेको बताए । ओली सरकार नेपालीको जीवन स्तरमा कर माथि कर लादेर कर प्रसाद ओली ट्याग भिरेको बताए । उध्योगी ब्यवसायीलाई दुख दिएर शान्ती शुरक्षामा खलल पुर्याएको बताए । काङ्ग्रेस पाटिले भष्ट्रचारी र देशको पौसा लुट्नेलाई नछोड्ने बताए । कार्यक्रममा बोल्दै निर्दाेश बालिका निर्मला पन्तको हत्यारा र बलत्कारीलाई जोगाउन खोजेको छ त्यसको बिरोधमा काङ्ग्रेसले नेपाल भर आन्दोलन गर्न चेतावनी दिएका छन । यो ओलीको सरकार आए पछि देशमा हत्या, हिंसा, कर वृद्घी र बलत्कार मात्र वृद्धि भएको बताएका छन ।

कार्यक्रममा नेपाली काङ्ग्रेसको प्रबक्ता विश्व प्रकाश शर्माले ओली सरकारले गरेको ९ महिने कमी कम्जोरीको चर्काे आलोचना गरेका छन् । शर्माले ओलीले आफ्नो गृह नगरमा भएका हत्या प्रकरण देखी सुनकान्ड सम्मका घटना बेवस्था गरेको बताए । काङ्ग्रेस चुनावमा गणितीय हिसावमा हारे पनि लोकतान्त्रीक पद्धतिमा जितेको बताए । शर्माले शान्ती शुरक्षाको अवस्था जिर्ण, महंगी, बलत्कार, भष्ट्रचारी जोगाउ अभियानमा लागेको बताए । यो सरकारले १ नं. प्रदेशको पहिचान हाल सम्मपनी निरधारण नगरी प्रदेशको पहिचान र नामाडकरण गर्न नसकेको प्रती असन्तुस्टी ब्याक्त गरे ।

नेपाल राष्ट्रय मगर संघको आयोजनामा भएको २ दिने प्रशिक्षण कार्यक्रममा संसद डा. डिला संग्रौला, मिलेन्द्र रिजाल, डा. सेखर कोरनला संबिधान सभा सदस्य डिग बहादुर लिम्बु लगायतले संबोधन गरेका थिए  ।

 

प्रतिक्रिया