इमाडोल जेसीज अध्यक्षमा सावित्री ढुंगाना

विजय थापा २०७५ पुष २२ गते २:३४ मा प्रकाशित

 

नेपाल जेसीजको शाखा इमाडोल जेसीजको अध्यक्षमा सावित्री ढुंगाना निर्वाचित भएकी छिन् । गत जनवरी ५ तारिख शनिबारका दिन पदस्थापना तथा पुरस्कार बितरण समारोहमा ढुंगानाले सपथ ग्रहण लिएकी छिन् ।

उक्त आठौ पदस्थापना तथा पद हस्तान्तरण समारोहमा इमाडोल जेसीजका निवर्तमान अध्यक्षले विजय आचार्यले सिक्री हस्तान्तरण सावित्री ढुंगानालाई गरेका थिए । उक्त समारोहमा सँस्थाका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

समारोहमा संगीतकार टिका भण्डारीलाई सम्मान गरिएको थियो । समारोहमा नेपाल जेसीजका रास्ट्रिय कार्यकारी उपाध्यक्ष -अमिस ढकाल ,उपाध्यक्ष -मोहन डाँगी ,उपाध्यक्ष – हरि कुमार शर्मा ,उपाध्यक्ष इनु थापा लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

इमाडोल जेसीज सन् २०११ मा स्थापना भएको हो । नव निर्वाचित अध्यक्ष सावित्री ढुंगाना आठौ अध्यक्ष हुन् । ढुंगाना एक बानेस्वर स्थित कान्तिपुर फेसन हाउस तथा ट्रिनिटी मार्केटिंग इभेन्ट्स मेनेजमेन्ट प्रा लि कि संचालिका हुन् ।

एघारौ सदस्यीय कार्यकारी समिति बनेको छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया