धुरु धुरु रूदै यसरी पोखिन् पिडा,छोरीलाई बलात्कार गर्यो न्याय माग्दा उल्टै परिवार सहित मर्ने धम्की

इनेप्लिज २०७५ पुष २१ गते ४:१२ मा प्रकाशित

सञ्चार कर्मीहरुका माझ एउटा दुखद खबर सार्न्बजनिक भएको छ । अरु को दुख र अधिकारका निम्ति सधै लागि परिरहने अछाम जिल्ला को सामाजिक कार्यकर्ता रत्ना थापा कि आफ्नै छोरी बलात्कृत भएको र आज सम्म न्याय पाउन नसकेको पीडा सञ्चारकर्मी माझ रुदै ब्यक्त गरेकी छन । स्थानिय नेकपा नेकपा र नेपाली काङ्ग्रेसका जिम्मेवार कार्यकर्ता नै अपराधी को संरक्षक बनेको र न्याय को आफ्नो संघर्समा प्रहरी उच्च अधिकारी सग अबैध सम्बन्ध को सुनियोजित प्रचार गराएर चरित्र हत्या गरि गाउँ बाटै बिस्थापित गर्ने कार्य भएको समेत बताइन ।

नाबालक छोरी को न्यायकोलागि संघर्स गरिरहेकी उनलाई आफ्नै श्रीमानले पनि दुख दिएको र माइती तर्फ आफ्नो कोहि नभएको पीडा समेत ब्यक्त गरेकी छन । अधिकार कर्मी भएर पनि यस्तो पीडा र एक्लो परिवेश भोगिरहदा आज अधिकार कर्मी हु भन्न पनि नसकिरहेको उल्लेख गर्दै आफुले नैतिक समर्थन गरेको र सदस्यता समेत ग्रहण गरेको पार्टी नेपाली काङ्ग्रेस को स्थानिय नेतृत्व नै बलात्कारी संरक्षक भए पछि आफुले झनै पीडा भोग्नु परेको भन्दै न्याय मा साथ र सहयोग दिन महिला अधिकार बादी ,सञ्चार कर्मी र आम सचेत जनता समु रुदै अपिल समेत गरेकी छिन ।

प्रतिक्रिया