कोमल गजल:-

इनेप्लिज २०७५ पुष २० गते २२:३८ मा प्रकाशित

मधुर रातको छ सम्झना
हर प्रभातको छ सम्झना

विरहमा छ आज जिन्दगी
नरम हातको छ सम्झना

डगर मोडियो बहारको
हृदय घातको छ सम्झना

किन प्रहार भो मिलापमा
तहकिकातको छ सम्झना

पवन थ्यो सदैव शीतल
सरर पातको छ सम्झना

वन र कन्दरा घुम्यौॅ सँगै
र बरसातको छ सम्झना

सुख र शान्ति नै गुमे अब
मद र मातको छ सम्झना

प्रिय मनोरमा पुग्यौ पर
सरस बातको छ सम्झना

मनोरमा छन्द
६ अक्षरमा विश्राम
III SIS ISI S
-कोमल भट्ट
च.न.पा-१३,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया