कालिकोटमा रास्कोट अस्पताल बनाउने रबि लामिछानेको अभियानमा यो गीतले लाखौ नेपालीहरुको मन मुटु छुदै

इनेप्लिज २०७५ पुष २० गते १२:१७ मा प्रकाशित

युके,

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । त्यती मात्र कहाँ हो र उनी पछिल्लो समयमा समाजसेवीको काममा पनि उत्तिकै अग्रसर भएर अगाडी बढेका छन्। केहि समय अगाडी रबी लामीछाने लगायत न्युज२४ नेपाल टिमको महान कालिकोटमा रास्कोट अस्पताल बनाउने अभियानमा साथ दिने नेपालीहरुको लागी गायक निलमणी भण्डारीले रबि लामिछाने टिमहरुको सम्मानमा एउटा यस्तो हृदयविदारक गितको रचना गर्नु भएको छ । जुन गीतको बोलछ ‘रास्कोट अस्पताल’ यस गितमा लय शब्द रचनाकार आफै निलमणी भण्डारी हुनुहुन्छ भनी स्वरमा आफै नीलमणी भण्डारी लगायत मुना श्रेष्ठ र प्रमीला राईले सहयोग पुराउनु भएको छ। त्यस्तै मादलमा शुकदेव तामाङले साथ दिनु भएको छ भनी बाँसुरीमा बहु प्रतिभाशाली प्रेम किरण राईको मिठो धुन रहेको छ ।

स्कटनेपाल प्रोस्तोता लोक दोहरी क्षेत्रका खानी निलमणी भण्डारी आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै भन्नु हुन्छ रवि लामीछाने ज्यूको यो महान अभियानमा साथ दिने नेपालीहरु कती जना हुनुहुन्छ? लौ एता हाजिर हुनुस त! जय स्वाभिमान! जय रवि लामीछाने ।
हेर्नुहोस यो भिडियो :

हामी सबै नेपालीहरुले बनाउने रास्कोट सामुदायिक अस्पतालका केहि विशेषताहरू :
१) हाम्रो अस्पताल पूर्णतया डिजिटल अर्थात कागजरहित हुनेछ । जँचाउन आउने विरामीको रेकर्ड आजीवन राखिन्छ जसले विरामी उपचारमा पनि महत्वपूर्ण सहयोग गर्नेछ ।

२) काठमाडौँमा हामीले देख्ने गरेका छौँ , पढेलेखेका मानिसहरू पनि अस्पतालमा अल्मलिलन्छन् । हाम्रो अस्पतालमा विरामीलाई यति नं कोठामा जानुस भनिने छैन , हाम्रो अस्पतालमा अलग अलग वार्ड र विभागहरू अलग अलग रङमा रङ्गिने छन् अर्थात् , विरामीलाई यो रङको कोठामा जानुस भनिनेछ । साथै अस्पतालको नक्सा पनि ठाउँ ठाउँमा राखिनेछ । यसले सबै प्रकारका अलमलको हल गर्नेछ ।

३) हाम्रो अस्पतालमा विरामीको एक जना कुरूवालाई बस्ने व्यवस्था निशुल्क मिलाइनेछ । विरामीका अन्य आफन्तलाई पनि बस्ने – खाने व्यवस्था सशुल्क मिलाइनेछ ।

४) अस्पतालमा विरामीको रोगका बारेमा बुझाउन अत्याधुनिक (क्यामरा सहित) परामर्श कक्ष बनाइनेछ । विरामीको रोगका बारेमा डाक्टरले विरामीका आफन्तलाई क्यामराको निगरानीमा बुझाउनेछन् ।

५) विरामी – बेड – स्वास्थ्यकर्मीको अनुपात विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार राखिनेछ ।

हामी आउने दिनहरूमा थप विशेषता भन्दै जानेछौँ । हजुरहरूको सुझाव सल्लाहको अपेक्षा पनि गर्छौँ ।

https://www.youtube.com/watch?v=iXwPF2KSATI

प्रतिक्रिया