नेपाली संगीतमा रि मिक्स किङ्ग लक्ष्मण संजिब पौडेल

इनेप्लिज २०७५ पुष २० गते ०:०३ मा प्रकाशित

कुनै पनि प्रस्तुतिकरणलाई जिवन्त तुल्याउन निकै मेहनतको आवश्यकता पर्छ । सफलता एकदिनमा मिल्दैन तर सफलता एक दिन अवश्य मिल्छ । सृजना आफैमा नराम्रो हँुदैन । सृजना मन पराउनु वा नपराउनु आ–आफ्नो अधिकारको कुरा हुन जान्छ । तर सृजना नराम्रो रहेछ भन्नु सृजनाको अपमान गरेको हुन जान्छ । यस विषयमा विश्वको विभिन्न देशमा अनुसन्धान हुँदा सोधकर्ताले मन पराउनु र मन नपराउनुलाई बुढि औलामा उतारेका छन् । बुढि औलालाई माथि उठाउनु र बुढि औलालाई तल पार्नु नै आफ्नो अभिव्यक्ति स्वरुप सबै सामाजिक सन्जालमा यसैलाई प्रयोग गरेको पाइन्छ । कुनै कारण नखुलाउन नसकि नसकी यस सृजना माथि टिकाटिप्पणी गर्नु समयको प्रवाह विपरित मानिन्छ अथवा व्यक्तिगत कारण मानिन्छ जुन व्यक्तिगत रिसिबी हुन जान्छ । यद्यपी सामाजीक सन्जालमा यसको प्रयोग कहि कतै भएको पाइदैन ।

‘आँधिखोला उर्लेर आयो आउने थिइन मायाले बोलायो’ गीत मार्फत लोक दोहोरीलाई कोरस ¥याप मार्फत रिमिक्स गरेर चर्चाको कमाएका रि मिक्स किङ्ग लक्ष्मण पौडेल त्यस्तै एक उदाहरर्णिय व्यक्ति हुन् जस्ले सामाजिक सन्जालमा आएको नकारात्मक टिकाटिप्पणीलाई आफ्नो शक्तिको रुपमा प्रयोग गरे । एक पछि अर्को गर्दै उनको सबै रि मिक्स गीतले श्रोता र दर्शकको मन जित्यो । ‘बेनिको बजार जता माया उतै छ नजर ’ बोलको गीत त झर्नै सुपरहिट मानिन्छ । ‘मेरा श्रोतानै मेरा लागि न्यायधिस हुन् ’ भन्ने भनाई पौडेल छ । पछिल्लो क्रममा आफ्नो रि मिक्स गीतको दायरालाई फाराकिलो बनाउदै नेपाली चलचित्रमा पनि उनले यसको प्रवेश गराएका छन् ।

‘गै¥हा बारि तिल’ , ‘बिरानो त भाकै छैन म’ लगाएतका सबै आफ्नो प्रस्तुतीलाई दर्शक श्रोताले मन नगराएको भए आफुलाई यो क्षेत्रमा लाग्न हौसला नमिल्ने उनको भनाइ छ । विगतमा ‘रेशम फिरिरि’ र ‘खैरेनिमा गेट’ जस्ता चर्चित गीतलाई ल्याउने तयारीमा रहेको उनले हामीलाई बताए । पछिल्लो समय स–परिवार अमेरिका बस्दै आएका पौडेलले संगीतलाई कुनै पनि भु–गोलले नछेक्ने भएकोले आफु निरन्तररुपमा नेपाली गीतहरु दर्शक श्रोता सामु ल्याइ राख्ने उनको भनाइ छ । दक्षिण कोरियाको आफ्नो लामो बसाई अनि अमेरिका पप गीतको प्रभावले आफ्नो सृजना टाढा रहन नसक्ने कुरा प्रस्टाउदै आफुले विगतमा जस्तै भविष्यमा पनि सोहि श्रेत्रमा रहेर नेपाली लोक संस्कृति र नेपाली रिदमलाई विश्वमा चिनाउने कुरा बताए । अमेरिका बसाईको क्रममा सोहि बिषयमा आफुले अध्यान गरिरहेको पौडेललाई हाम्रो पनि शुभकामना ।

खोज अनलाइन बाट

प्रतिक्रिया