‘डिजाइनर अफ द इयर’ प्रतियोगीता आयोजना हुने
काठमाडौं – नेपाली फेसन डिजाइनरका सृजना अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै फेसन डिजाइनरको सृजनात्मक कलाको सम्मान गर्ने उदेश्यले ‘डिजाइनर अफ द इयर’ प्रतियोगीता आयोजना हुने भएको छ ।
नेपाल पहिलो पटक आयोजना हुन लागेको फेसन डिजाइनरहरु बिच प्रतिस्पर्धा रहने यो प्रतियोगीता नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको हो । प्रतियोगीताको उदेश्य उत्कृष्ट फेसन डिजाइनरको चयन गर्ने विजेता डिजाइनरको सृजना र प्रतिभालाई अन्तराष्ट्रिय बजारमा प्रस्तुत गर्ने रहेको नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए ।
रविका अनुसार डिजाइनर अफ द इयरको बिजेता फेसन डिजाइनरले कोरियामा आयोजना हुने एलबिएमए स्टार अवार्डस् २०१९, पुणे फेसन विक २०१९ तथा फेसन एक्स्पो २०१९ मा सहभागीता जनाउदै आफ्नो कलेक्सन प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । यसको अलवा ‘मिलान फेसन वीक’मा समेत सहभागिता अवसर प्राप्त गर्ने उनको भनाई रहेको छ ।
सहभागी डिजाइनरले प्रतियोगीमा स्पेशल ग्रुमिङ कक्ष, सेल्फ मार्केटिङ, फेसन उद्यम, संचार, मिडिया मार्केटिङ लगायतका तालिम समेत लिन पाउँनेछन् ।
प्रतियोगीतामा सहभागीलाई सम्बन्धीत क्षेत्रका फेसन विज्ञ र जानकारवालासँग समेत अन्तक्र्रिया हुनेछन् । प्रतियोगीताको उत्कृष्ट डिजाइनर चयन अन्तराष्ट्रिय स्तरको भब्य स्टेज सेटअपका साथमा राजधानीको तारे होटलमा भव्य कार्यक्रम सहित गरिने आयोजक रुपमा संचालन गरिने आयोजक नेक्स्ट मोडल्सका प्रवन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया