३ महिनाको हुँदा आगोले पोलेर दुवै खुट्टा गुमाए, छोरीलाई पढाएर के काम भन्थे : गंगा रायमाझी (भिडियो)

गुल्मीको छापाहिलेमा जन्मिएकी गंगा लामो समय देखि अपाङ्गताको क्षेत्रमा क्रियाशिल रहेर काम गर्दै आएकी छिन्। उनले धेरै जना अपाङ्गता भएका व्यक्तिलाई नवजीवन प्रदान गर्न सफल समेत् भएकी छिन्।
उनी जन्मजात नै अपाङ्ग हैनन्। गंगाको अनुसार, उनको आमाले ३ महिनाको हुँदा अगेनाको चुलो अघि सुताएको कारण जलेर दुईवटा नै खुट्टा गुम्यो। उनी अहिले कुक्रिम खुट्टाको साहरा हिड्ने गर्छिन।
विगतका दिन सम्झिदै भन्छिन, ”मेरो आमालाई सबैले यस्तो अपाङ्ग छोरीलाई पढाएर केहि हुदैन भन्ने गर्दथे। म सानो हुँदा हातमा चप्पल टेकेर जाने गर्दथे।” धेरै संघर्ष गरेर उनले स्नातकसम्मको अध्धयन गरिन्। उनले मामाघरमा नै बसेर आफ्नो पढाई सकाएकी हुन्। उनका मामाघरमा उनलाई पहिले देखि नै हौसला मिल्थ्यो। ”आमालाई घरमा छोरी जलाईस भनेर हेला गरिन्थ्यो तर पछि मैले पाएको उपलब्धिले गर्दा आमा धेरै खुशी हुनहुन्थ्यो। सबैले प्रशंसा र हौसला पआएको छु आजको दिनमा।” ,उनले भनिन्।
उनी आशा अपाङ्ग केन्द्रको संस्थापक रहेर काम गरीरहेकी छिन्। आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया