बिहीबार, भदौ २ २०७९
काठमाडौं १७:३७
वासिङटन डिसी 07:52

सञ्चिता शाहीको मायाको किन ‘उडायो पछयौरी ’ भिडियो सहित सार्बजनिक

इनेप्लिज २०७५ पुष १९ गते ०:५१ मा प्रकाशित
पछिल्लो समयमा ब्यापक चर्चामा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा दुर्गा शाहीको लोकदोहोरी सौगात गायक प्रविण घर्ति मगर र गायिका जमुना रानाको आवाजमा ‘उडायो पछयौरी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
दुर्गा शाहीको शब्द सिर्जनामा रहेको गीतमा मायालुको यादमा सताएको कुरालाई गीतमा समेटिएको छ  । आफनी प्रेमीकालाई विर्सन नसक्ने कुरा गीतमा पोखिएको छ । आफनो माया निकै गाढा रहेको कुरा गायकले बताएका छन । केशव गाहा मगरको गीतमा लय सिर्जना रहेको छ । बासु न्यौपानेको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म बमोजिमको भुमिका सञ्चिता शाही र सुरज रावलको अभिनय रहेको छ ।

प्रतिक्रिया