गायक निराजन अधिकारी र गायिका सोविता सापकोटाको ‘लास ’ भिडियो सहित

इनेप्लिज २०७५ पुष १८ गते १२:२५ मा प्रकाशित
नेपाली लोक दोहोरी गीतको क्षेत्रमा मौलिक लोक दोहोरीमा निकै मार्मिक भाकाहरु बजारमा ल्याउने क्रममा निरञ्जन अधिकारीको मार्मिक भाका ब्लोसम म्युजिक मार्फत बजारमा आएको छ । सार्वजनिक गीतमा गायक निराजन अधिकारी र गायिका सोविता सापकोटाको स्वर रहेको छ ।
प्राण प्यारी मायालुलाई संसारबाट त्याग्नु पर्दाको अवस्थालाई गीतमा मार्मिक रुपमा समेटिएको छ । निराजन अधिकारीको शब्द तथा लय सिर्जना गीतमा रहको छ । आफनो मायालुलाई पराईले लग्दा मनमा निकै पिडा भएको कुरा गीतमा ब्यक्त गरिएको छ । मुकेश हुमाँगार्इँको  छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘लास ’ गीतको भिडियोमा निराजन अधिकारी र सारिका केसीको अभिनय रहेको छ ।

प्रतिक्रिया