हिंसाविरुद्ध लड्न आत्मरक्षा तालिम

इनेप्लिज २०७५ पुष १८ गते ११:३९ मा प्रकाशित

उर्लाबारी÷पछिल्लो समयमा बालिकामाथि भइरहेको बलात्कार, हत्याहिंसाका घटनाले बालिका एवं किशोरीहरु असुरक्षित हुँदै गएको भन्दै प्रतिकारका लागि
आत्मरक्षा तालिमलाई जोड दिन थालिएको छ । हिंसात्मक घटनालाई न्यूनिकरण गर्नका लागि केआईएफ कुरोदय मार्सल आट्र्स संघ नेपाल मोरङको आयोजनामा ७ दिने तालिम सोमबार सम्पन्न भएको छ ।

उर्लाबारी नगरपालिकाभरीका निजी तथा सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षाका तालिम आयोजना गरिएको मोरङ अध्यक्ष टिका भट्टराईले जानकारी दिए । तालिमपश्चात छात्रा लक्ष्मी सुवेदीले आफुलाई गलत नियत भएका मान्छेबाट कसरी जोगिने र आफ्नो शरीरमा कोही कसैले समाउन आए कसरी प्रतिकार गर्ने भन्ने कुरा सिकेको बताइन् । तालिम प्रशिक्षक प्रकाशमान सिंह बस्नेतले आत्मरक्षा तालिमले आत्मविश्वास बढाउने र प्रतिकारका लागि उपयोगी
हुने बताए । आकस्मिक रुपमा कोही कसैबाट हुनसक्ने आक्रमणबाट जोगिन तालिम उपयोगी उनले भनाई छ । बस्नेतले भने, ‘तालिमका केही विधिहरुलाई
ध्यानपूर्वक अपनाउन सके आपराधिक मानसिकता भएकालाई सजिलै प्रतिकार गर्न
सकिन्छ ।’

तालिमको समापन कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका मेयर खड्गफागोले आत्मसुरक्षाको तालिमलाई विद्यालय पाठ्यक्रममा समावेश गरेर सिकाउन
आवश्यक रहेको बताए । ‘तालिमले आत्मविश्वाससँगै प्रतिकार गर्ने हिम्मतजगाउँछ, यसलाई हरेक विद्यालयमा पुर्याउन जरुरी छ,’ उनले भने । समाजमा
बढिरहेको हत्या, हिंसा बलात्कार अहिले सामाजिक चिन्ताको विषय बनिरहेकोअपराधविरुद्ध सबैको हातेमालो आवश्यक रहेको धारणा उनको राखे । कार्यक्रममाकेराबारी गाउँपालिका उपप्रमुख शान्ति लिम्बू, केआईएफ कुरोदय मार्सलआट्र्स संघ नेपालकी केन्द्रीय कार्यवहाक अध्यक्ष विद्या चाम्लिङलगायतले
बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिब घनश्याम भण्डारीले सञ्चालन गरेकाथिए । ७ दिनसम्म चलेको तालिममा कक्षा ६ देखि कक्षा १० सम्मका १ सय ५०
छात्राहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया