कोमल ओलीको खुलासा: मेरो 2019 मा स्वयम्वर हुने पक्का-पक्की। (भिडियो सहित)

इनेप्लिज २०७५ पुष १८ गते १:५१ मा प्रकाशित

कलाकार एवम नेकपा नेता तथा राष्ट्रिय सभा सदस्य कोमल ओलि ले नेपाल र नेपाली बिस्वकै शक्तिसाली भएको तथ्य उल्लेख गर्दै हिन्दु धर्मको सम्बन्ध प्राकृतिक शक्ति र प्राकृतिक शुद्धताको आधार भएको र सन्सारलाई जित्न सक्ने सबै भन्दा ठुलो नेपाली तागत भनेको हिन्दु आस्था मात्र भएको उल्लेख गर्नु भएको छ । मुलुक कानुनी हिसाब ले धर्म निरपेक्ष भए पनि राष्ट्रिय महत्वका हिसाबले हिन्दु नै भएकाले धर्म बारे बिबाद गर्न नसुहाउने उल्लेख गर्दै ,कर्म काण्ड गर्ने हिन्दु ब्राह्मणहरुको अपमान भैरहेको प्रती घुमाउरो रुपमा आक्रोश समेत ब्यक्त गर्नु भएको छ ।

पुरोहित र पण्डितहरुलाई टपरे बाहुन भन्नेहरुलाई चुनौती दिदै तिनै टपरे बाहुनहरुले नै आज हिन्दु धर्मको रक्षा गरिरहेको ले कर्मकाण्ड धर्म रक्षा को पहरेदारी भएको उल्लेख गर्नु भएको छ । आफू कम्युनिस्ट भए पनि आफ्नो पार्टीले धार्मिक आस्थालाइ सम्मान गरिरहेको ले आफुले कम्युनिस्ट भएर पनि हिन्दु हु भन्दा अनौठो मान्नु पर्ने कारण नभएको उल्लेक गर्नु भयो । आफू हिन्दु नारी भएका कारण यज्ञ मा बिस्वास गर्ने र त्यस्को वायु मण्डलको शुद्धता सग समेत सम्बन्ध हुने भएको ले हिन्दु बिबाह पबित्र र अटुट हुने बताउनु भयो । अन्य धर्ममा धार्मिक सम्बन्ध बिछोड सजिलो भए पनि हिन्दु धर्ममा बिबाह पछि सम्बन्ध बिछ्छेद सहज नहुने बताउदै , हिन्दुको गृहस्थ जीवन र यज्ञ यज्ञादि दाम्पत्य जीवन बिना अपुरो हुने भएकाले आफुले पनि सन २०१९ भित्रमै दाम्पत्य जीवन बारे सोचिरहेको खुलासा समेत गर्नु भयो ।

प्रतिक्रिया