बिहीबार, असोज ७ २०७८
काठमाडौं १५:१३
वासिङटन डिसी 05:28

नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान भन्ने नाराको साथ टोपी दिवस मनाइयो (भिडियो)

इनेप्लिज २०७५ पुष १७ गते २२:४८ मा प्रकाशित

उर्लाबारी÷‘नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका मोरङको उर्लाबारीमा छैटौँ नेपाली टोपी दिवस मनाइएको छ ।सञ्चार क्लब नेपाल उर्लाबारी, युवा जागरण नेपाल, न्यानो अभियान नेपाल, उर्लाबारी क्लबलगायतका ९ वटा संस्थाको संयुक्त आयोजनामा टोपी दिवसमनाइएको हो । उर्लाबारी चौकमा भेला भई बरगाछी हुँदै पुनः उर्लाबारी चौकमा र्यालीले परिक्रममा गरेको थियो । नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि टोपी दिवस’ मनाउन सुरु गरेको सामाजिक अभियान्ता जयधर्म आचार्यले बताए ।

उनले नेपाली टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाककोसंरक्षण गर्नुपर्नेमा जोड दिए । नेपालीको गौरव र पहिचान विश्वभर स्थापित गर्न र मौलिक संस्कृति तथा भेषभूषा जोगाउन टोपी दिवस मनाउन थालेको उनको भनाई छ । सोही अवसरमा तीन जना जेष्ट नागरिकलाई टोपी प्रदान गरिएको छ ।

प्रतिक्रिया