युगान्डामा नेपाली साहित्य गोष्ठी

इनेप्लिज २०७५ पुष १७ गते २१:५२ मा प्रकाशित

कम्पाला , युगान्डा । गैरआबासिय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको अबसरमा संघको भाषा तथा साहित्य उपसमिति र नेपाल अफ्रिका साहित्य समाजको आयोजनामा नेपाली साहित्य गोष्ठीको आयोजना गरियो ।

संघका संरक्षक तथा नियात्राकार जिबा लामिछानेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा अध्यक्ष भवन भट्ट , शिरोमणि दवाडी , सुनिल कार्की , चन्दा थापा , मनोज गोर्खाली, पासाङ्ग शेर्पा , हिक्मत थापा र रमेश कंडेल लगाएतले आआफ्ना रचना बाचन गर्नु भएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष हिक्मत थापाको कबिता सङ्ग्रह चिबोकका केटीहरुको अफ्रिका बिमोचन इजिप्ट र युगान्डाका लागि नेपाली राजदूत झबिन्द्र अर्यालले गर्नु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै संरक्षक लामिछानेले नेपाली भाषा र साहित्यको प्रबर्द्धन गर्नु पनि संघको एक मुल उद्देश्य रहेको जनाउनु भयो । उनले गोष्ठीमा उपस्थित गैरआबासिय नेपालीहरुलाई मनमा आएका कुराहरूलाई लेख्न प्रयास गर्न अनुरोध गर्नु भयो । गोष्ठीको संचालन उपसमितिका सदस्य एबम युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेल ले गर्नु भएको थियो ।

प्रतिक्रिया