बिक्रम राना र मेलिना राईको स्वरमा रहेको गीत ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक
इनेप्लिज
२०७५ पुष १६ गते १२:३५ मा प्रकाशित
काठमाडौं,
बिक्रम राना र मेलिना राईको स्वरमा रहेको गीत ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक भएको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द÷सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा सोमिया राना र पल शाहको अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई क्रान्तीले नै सम्पादन गरेका छन् ।
थुप्रै गीतबाट स्रोता÷दर्शकको मन जित्न सफल विक्रम मोडलिङमा पति त्यतिकै देखिन्छन् । ‘मेरा अन्य गीतले जस्तै यो नयाँ गीत कहिले प्यार कहिले झगडाले पनि दर्शक÷स्रोताको त्यतिकै साथ पाउनेमा आशावादी छु’, विक्रमले भने । निकै मिहिनेतका साथ यो गीतको भिडियो ल्याएको र यसबाट आशावादी रहेको उनले बताए ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया