अमेरिकामा हरबखत मुहार पुस्तिकामा झुम्मिन खोज्ने नवागन्तुकहरुलाई बिशेष सुझाव र सल्लाह

विजय थापा २०७५ पुष १५ गते १३:२६ मा प्रकाशित

 

अमेरिकाका भर्खर आएका बिशेष गरि नव आगन्तुकहरुलाई बिशेष राय,सल्लाह र सुझाव दिन मन लागेको छ । स्मरण रहोस ,यस्ता दुई पैसे सल्लाह सुझाव लिए पनि हुन्छ नलिए पनि हुन्छ । यो पंक्तिकार सल्लाह सुन्न सिफारिस गर्दछ ।

अमेरिका आए पछि अमेरिकाका सामान्य नियम कानुन बुझ्न कम्तिमा २ बर्ष लाग्दछ । १० औ तथा २० औ बर्ष अमेरिकामा बिताउदा पनि अमेरिका बुझिदैन । यदी कसैले बुझ्छ भन्ने संकेत दिन्छ भने गलत हो । केही कुरामा जान्न सक्ला तर यस्ता कुरामा मानिसलाई फुर्सद नै हुदैन ।

अब बिषय वस्तुमा प्रवेश गर्न चाहे । नेपाल जस्तो अमेरिका पट्टकै हैन । यो कुरा गाठो पार्नु पर्छ । नत्र ठुलो दुर्घटना हुन् सक्छ । जीवन भर पछुताउनु पर्ने हुन्छ ।

अमेरिका आए पछि नेपाल जस्तै सामाजिक संजालमा झुम्म्निने बानि भएकाहरु तुरुन्तै त्यस्ता बानि त्याग्न सक्दैनन ।

अमेरिका आए पछि नेपाल जस्तै सामाजिक संजालमा झुम्म्निने बानि भएकाहरु तुरुन्तै त्यस्ता बानि त्याग्न सक्दैनन ।

आफ्नो निजि काम ,घर ,भेला आदिमा समेत लत लागेको हुनाले सामाजिक संजाल बाट आफुलाई टाडा राख्न सक्दैनन् । जहाँ पनि झुन्डिने ,झुम्मिने ,गोप्टिने ,चलाई रहने हुन्छन ।

अमेरिका आए पछि मुखमा माड लगाउनु पर्ने हुनाले सामाजिक संजालले खान नदिने हुनाले पाखुरा चलाउनु पर्ने हुन्छ । अर्थात् काम गर्नु पर्ने हुन्छ । अरुले घन्टाको डलर दिए पछि केवल काम मात्र गर्नु पर्ने हुन्छ । तर यसरी अनुहार कितावमा मात्र झुन्डिने बानी त्याग गर्न न सकेको कारण पटक पटक जागिर बाट हात धुनु पर्ने हुन्छ । निजि क्षेत्रमा काम गर्नेहरुलाई झन् आपत हुन्छ । कुनै पनि कार्यस्थलमा साहुले यो कुरा सहदैन ।

एउटा मात्र बिकल्प ,जागिर छोडे पछि मात्र सामाजिक संजालमा झुम्मिन पाइने हुन्छ । सामाजिक संजालमा झुम्मिन न पाउदा छटपट ,खटपट,तलतल हुन्छ ।

सामाजिक संजालमा झुम्मिन न पाउदा छटपट ,खटपट,तलतल हुन्छ ।

तर यही नै संसार हो भन्ने सोच्नु हुदैन । केही पाउन को लागि केही गुमाउनु पर्छ ।

तपाईहरुलाई थाहा छ ? एक तथ्यांक अनुसार अमेरिकाभरमा उच्च माध्यमिक बिद्यालय सम्मका बिधार्थी ३२.८ प्रतिसत सवारी साधन कुदाउदा संदेश आदान प्रदान गर्छ । यसै गरि १५ देखि १९ बर्षका किशोर किशोरीहरु १२ प्रतिसत यसको कारण ध्यान अन्त्य गइ दुर्घटनामा पर्छन । सवारी साधन कुदाउदै भ्रमण ध्वनि( फोन) मा कुरा गर्दा दुई गुना दुर्घटना हुने सम्भावना हुन्छ ।

के तपाई लाई यो थाहा छ ? डिसीमा गत डिसेम्बर १९ का दिन अलास्का स्कावे कि ६१ बर्षिय नगर प्रमुख मोनिका एडम्स कार्लसन चालकले संचारथान(टेलिफोन)प्रयोग गर्दै लापरवाही गर्दा मृत्यु भएको छ । ५६ प्रतिसत बिधार्थीहरु सवारी साधन कुदाउदा सामाजिक संजाल सहित संदेश आदान प्रदान गर्ने कबुलेका छन् ।

यसै गरि ४८ प्रतिसत १२ देखि १७ बर्षका किशोर किशोरीहरु गाडी कुदाउदा संदेश पठाउने गरेको तथ्यांक छ । मुहार पुस्तिकाको चस्का लागे पछि भात खान पनि बिर्सेर यसैमा झुन्डिने बानीले गर्दा नेपाली समुदायले कैयौले जागिरबाट हात धुनु परेको छ ।

यसमा नेपाली पुरुष तथा महिला दुवै पर्दछन । कहाँ कति खेर चलाउनु पर्छ भन्ने थाहा हुँदा हुदै नेपाल देखि नै लागेको बानीले अमेरिकामा भै रहेको जागिर एकै छिनमा चट भएका नवआगन्तुक तथा अमेरिका आएका पुरुष तथा महिलाहरु पर्ने गर्दछन ।

कहाँ कति खेर चलाउनु पर्छ भन्ने थाहा हुँदा हुदै नेपाल देखि नै लागेको बानीले अमेरिकामा भै रहेको जागिर एकै छिनमा चट भएका नवआगन्तुक तथा अमेरिका आएका पुरुष तथा महिलाहरु पर्ने गर्दछन ।

अमेरिकामा काम या कार्यस्थलमा उत्पादक खोज्दछ । नेपाल जस्तो ढिला सुस्तीले अमेरिकामा चल्दैन । कमाउन आए पछि कार्यस्थलमा जति खेर पनि अनुहार कितावमा झुन्डिने लत तुरुन्तै छोड्नु पर्छ । अमेरिकाका अधिकांश कार्यस्थलमा सामाजिक संजाल मुहार पुस्तिका नै जडान गरेको हुदैन । अनुमति नै हुदैन । किनभने कार्यस्थल भनेको उत्पादकता दिने हो ।

सबै तिर चित्रग्राहिणी (क्यामेरा )) जडान भएको हुन्छ । सामाजिक संजालमा घोप्टिनु सकिन्छ तर त्यसको पनि बेला हुन्छ ,समय हुन्छ । समग्रमा यस्ता लत या कुलत लाई फ्याक्न जान्नु पर्छ । एक छिन् अनुहार किताव चलाईन भने प्राण जादैन । अनुहार किताव चलाईन भने तपाईको टाउको दुख्दैन ।

तस्बिर :बिमल नेपाल बोस्टन

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया