लोप हुन लागेको जलतरंग ब्यूँताउँदै एउटा ठिटो (भिडियो सहित)
इनेप्लिज
२०७५ पुष १५ गते ११:५२ मा प्रकाशित
जलतरंग संगीत धुनको त्यो माध्यम हो जसले प्रकृतिसंग व्यक्तिलाई निकट पुर्याउँछ तर आजभोलि यो विधा हराउँदैछ, विद्युती यन्त्रका कारण । आजकल जलतरंग बजाउने त के यो पनि बाजा हो र भन्नेहरु संगीतमा लागेकैहरु पनि सोध्छन् ।
आधुनिक विद्युतीय वाध्ययन्त्रका कारण परम्परागत शास्त्रीय बाजाहरु हराउँदै जाने क्रममा जलतरंग पनि पर्दछ । तर एउटा ठिटो आजभोलि जलतरंगमा लिन भएर लागिपरेको छ । विभिन्न गीतहरुमा जलतरंग बजाएर चर्चामा आउँदै गरेको निरन श्रेष्ठ गितार र ड्रमसेट बजाएर सांगीतिक माहोल तताउने समयमा उनी झोलामा कचौरी र पानी लिएर जलतरंग बजाउन उत्सुक हुन्छन् ।
जलतरंग शास्त्री संगीतको एउटा अभिन्न अंग हो । सितार, हार्मोनियम, तबलासंग जलतरंगको मधुर ध्वनिले संगीत पारखीहरुको मन र मस्तिष्क एकैपटक छुन्छ । आफू यसमा सुरुवाती चरणमा रहेको बताउने निरन आफू सांगीतिक क्षेत्रमै लागिरहने र जलतरंग सुन्दा नै अनौठो अनुभूति लाग्ने हुँदा यसमा लागिपरेको बताउँछन् ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया