मुख्यमन्त्री राई–शुभकामना सन्देश

इनेप्लिज २०७५ पुष १५ गते ११:०० मा प्रकाशित

विराटनगर, पुस १५ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको मैले विश्वास लिएको छु, जारी शुभकामना सन्देशमा भनिएको छ ।
मुख्यमन्त्री राईले संर्कीणता र स्वार्थबाट माथि उठेर बलियो राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न यस्ता अवसरहरु फलदायी हुने अपेक्षा गर्नुभएको छ ।

प्रतिक्रिया