सन् २०१८ मा अरबपतिले पाँचसय ११ अर्ब डलर गुमाए
सन् २०१८ को अन्त्यमा विश्व पूंजीबजारमा आएको मन्दीले विश्वका अरबपतिले पाँचसय ११ अर्ब अमेरिकी र डलर गुमाएका छन् । ब्लुम्वर्गले शनिबार प्रकासित गरेको वार्षिक पूंजी बजार समिक्षामा विश्वका पाँचसय अरबपतिको कूल पूंजीमा उक्त कमी आएको उल्लेख छ । गत शुक्रबार पुंजीबजारबन्द हुदाँसम्म पाँचसय धनीको कुल पूंजी ४.७ ट्रिलियन रहेको छ ।
सन् २०१९ मा पनि पूंजीको विकास घटदो हुने ब्लुमवर्गले अनुमान गरेको छ । विश्वमा आर्थिक मन्दी नै आउछ भन्ने हामीलाई लाग्दैन । तर, पूंजीको विकास ऋणात्मक हुनेछ, नदर्न ट्रस्ट वेल्थ म्यानेजमेन्टले जनाएको छ ।
सन् २०१८ को अन्त्यमा विश्वका एमाजनका मालिक जेफ बेजोसले ५३ अर्ब गुमाए । एमाजनको सेयर मूल्यमा आएको कमीले उनको सम्पत्ति वर्षको अन्त्यमा एकसय १५ अर्बमा सिमित भयो । गत सेप्टेम्बरमा बेजोसको सम्पत्ति एकसय ६८ अर्ब पुगेको थियो । यसैगरी फेसबुकका मालिक मार्क जुगेरबर्कले सन् २०१८ मा २३ अर्ब अमेरिकी डलर गुमाएका छन् ।
अमेरिकाका एकसय ७३ अरबपतिले कूल १.९ ट्रिलियन गुमाए । यो रकम उनीहरुको कूल सम्पत्तिको ५.९ प्रतिसत हो । यसैगरी एशियाका एकसय २८ अरबपतिले एकसय ४४ अर्ब गुमाए । एशियामा सम्पत्ति गुमाउनेमा चीनका अरबपति पहिलो स्थानमा छन् । चीनको वाड. जेड.लिड. समुहले ११ अर्ब ९० करोड अमेरिकी डलर गुमाएको छ ।
आर्थिक अस्थिरताका बावजुद एशियामा सन् २०१८ मा ३९ नयाँ अरबपति जन्मिए । डिसेम्बर ७ सम्म आईपुग्दा तिनीहरुमध्ये ४० प्रतिसत अरबपतिको सुचीबाट बाहिरिन बाध्य भए । मध्यपूर्वमा सबैभन्दा धेरै आर्थिक नोक्सानी बेहार्नेमा साउदी राजकुमार अदवालिद छन् । भ्रस्टाचार सम्वन्धि मुद्धामा ८३ दिन थुनामा बसेर निस्कदा उनले तीन अर्ब ४० करोड अमेरिकी डलर गुमाएका थिए । अफ्रिकाका अरबपतिको सम्पत्तिमा पनि ११ प्रतिसतको गिरावट आएको छ ।
मेक्सिकोका अरबपति कार्लोस स्लिमको सम्पत्ति नौ अर्ब ८० करोड अमेरिकी डलरले कमी आएको छ । उनको कूल सम्पत्ति अहिले ५४ अर्ब अमेरिकी डलर छ । थ्रिजी प्रविधीबाट उनले उक्त नोक्सानी सहनु परेको हो ।
रुसी अर्बपतिको लागि भने सन् २०१८ राम्रो रह्यो । रुसी अर्बपतिको कुल सम्पत्ति यो वर्ष दुईसय २५ अर्ब रह्यो । रुसका २५ अर्बपतिले निकै थोरै नोक्सानी बेहोर्नु पर्यो ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया