११ वर्षका प्रिन्स मानामा माया नाप्दै
राजेन्द्र आचार्य
चितवन, १४ पुस । पर्यटकीय सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका बाल गायक प्रिन्स सिलवालको पहिलो गीतको धमाधम छायाकंन भईरहेको छ ।
प्रिन्सको “दशै मनाउने हो” दोश्रो गीतको एक साथ भिडियो पनि ल्याएका उनको पहिलो गीत ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया‘।’ यतिवेला सौराहामा छायकंन गरिएको हो । गायनसगैँ आफै मोडलिगंमा समेत उनी आएका छन् । बालय अवस्था मै संगीत क्षेत्रसगैँ मोडलिगंमा समेत आई फरक क्षमता ११ बर्षीय प्रिन्सले प्रर्दशन गरेकोमा सौराहावासी अचम्मीत छन् ।
भकारी एम डीसीको प्रस्तुतिमा बाल गायक प्रिन्स सिलवालको स्वरमा रहेको गीत उनीसगैँ मोडल निशा पाण्डे र जेनि धमलाको साथ अभिनयमा समेत देखिएका छन् । गायनम जस्तै राम्रो प्रस्तुती मोडलिगंमा प्रिन्सले देखाएका छन् गीतकार तथा भकारी एमडीसीका निर्देशक बसन्त वित्यासी थापाले भने । गीत भिडियो एक साथ आउदा प्रिन्सले तहल्लका पिटनेछन् ।
बसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गीत गीतमा रहेको छ । ‘पहिलो गीत रेर्कडसगैँ आफ्नो अलग पहिचान दिलाएका उनले दोश्रो गीतको भिडियोसहित बजारमा ल्याउन सुटिगं कार्य आफ्नै क्षेत्र सौराहाको रमणीय दृश्यलाई देखाउन खोजीएको प्रिन्सका बुबा रमेश सिल्लवालले जानकारी दिए । भिडियोको चर्चीत निर्देशक संजय पाण्डेले निर्देशन गरेका छन् । भने कृष्ण रसालको नृत्य निर्देशनमा चक्र महर्जनले छायाकंन गरेका छन् । थारु सास्कृतिलाई देखाउदै गीतमा सौराहालाई फरक शैलीमा देखाउन खोजेको निर्देशक पाण्डेले भने ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया