हिरोइन भन्दा कम छैनन् होचा दल बहादुरकी श्रीमती, यस्तो छ प्रेम कथा (भिडियो)

इनेप्लिज २०७५ पुष १४ गते १२:२७ मा प्रकाशित

पिएनपिखबर : कलाकार दल बहादुर कार्की होचापुड्का व्यक्ति लगायत सबैको लागि प्रेरणा हुन्। शारीरिक अपाङ्गतालाई लिएर समाजले होच्याउने त्यो समयमा पनि उनले कलाकारिता क्षेत्रमा प्रवेश गरेर सफल बने।

होचा कलाकार कार्कीले अग्ली युवतीसँग विवाह गरेपछि उनीहरुको जोडीको बारेमा सर्वत्र चर्चा भएको थियो। कदको फरकले पनि प्रेममा असर नपारेको यो जोडी सुन्दर वैवाहिक जीवनमा रमाइरहेका छन्। यो जोडीका अहिले दुई छोरी छन्। दलबहादुरले प्रेम विवाह गरेका थिए। उनले आफुले पढाउने स्कुलको ५ कक्षा पढ्ने १३ वर्षिया किशोरीलाई भगाएका थिए।

अहिले यस लोभलाग्दो जोडी आफ्नो जीवनमा निकै खुशी छन्। उनीहरु बीच १८ वर्षको उमेरको दुरी भएपनि आजसम्म एकपटक पनि झगडा नभएको दिल बहादुर बताउँछन। उनीहरु मिलेर एक पसल संचालन गरिरहेका छन्। होचा पुड्का संघका सदस्य रहेका दलबहादुर हालै होचा पुड्काका हकहितका लागि अभियानमा लागि परेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया