नेत्रपाणीले बुढीकै अगाडी गायीका मन्जु पौडेललाई सौता भनेपछि मन्जुको बोली रोकियो (भिडियो)

इनेप्लिज २०७५ पुष १४ गते १२:२२ मा प्रकाशित

महोत्सवको पनि महोत्सव भनिएको लेखनाथ महोत्सव पोखरामा जारी छ । पुष ५ देखी १६ गते सम्म चल्ने महोत्सवमा चर्चित गायीका मन्जु पौडेल र बरिष्ठ उद्घोषक नेत्रपाणी बास्तोलाले कार्यक्रम संचालन गरिरहेका छन् । निकै ठट्यौली पारामा सायरी सहितको कार्यक्रम संचालन हुन्छ । दर्शकहरुको निकै चाप हुने उक्त मेलामा मनोरंजनका बिबिध पक्षहरु समेटिएका छन् ।

शुक्रबार महोत्सवमा नेत्रपाणी बास्तोलाकी श्रीमती पनि स्टेजमा गईन् । सदा झै नेत्रपाणीले मन्जु पौडेललाई जिस्काउने गर्थे उक्त अवसरमा पनि उनले श्रीमतीकै अगाडी मन्जु पौडेललाई तिम्री सौता भनेर परिचय गराए । सायरी मार्फत सौता भनेर परिचय गराएका नेत्रपाणीले श्रीमतीकै अगाडी अर्को बर्ष छोरा पाउने आशा समेत सायरी मार्फत व्यक्त गरे । उनको कुरा सुनेर मन्जु पौडेल एकछिन त जिल्लै परिन् । उनीहरु दुईको कुरा सुनेर नेत्रपाणीकी श्रीमति भने हाँसिरहेकी थिईन् ।

प्रतिक्रिया