राजेन्द्र महतोको आक्रोसः एउटा आन्दोलनकारी प्रधानमन्त्रीको कुर्सीमा र अर्को जेलमा। (भिडियो सहित)

इनेप्लिज २०७५ पुष १४ गते ५:०१ मा प्रकाशित

राजपा नेपाल का नेता राजेन्द्र महतोले टोलटोल मा पुग्ने घोषणा गरेको सरकार पोल पोल मा पुगेर बदनाम भएको आरोप लगाएका छ्न । सरकार कुनै पनि विषयमा संबेदनसिल नदेखिनु जनता निरासहुनुको कारण बन्दै गएको  देखि आज केपि ओलि नेतृत्व सम्मको सरकारले कुनै पनि सम्झौता कार्वान्नयन नगरेको प्रती गुनासो गर्दै बाम सरकार मधेसका मागहरु पूरा गर्ने सम्बन्धमा प्रतिबद्ध रहने छ भन्ने बिस्वासमा आफुहरु रहेको र मधेसका सम्झौतामा सात दिन भित्रमा सरकार ले ठोस निर्णय लिने प्रधानमन्त्रीको कुराले आफू आसाबादी भएर पर्खिरहेको कुरा उल्लेख गरेका छ्न ।नेपाल प्राकृतिक,सास्कृतिक एवम धार्मिक सबै कुराले सुन्दर भएपनी हिमाल ,पहाड तराइ कहि कतै पनि बिकासका कारेक्रमले जनताको मन छुन नसकेको प्रती चिन्ता ब्यक्त गर्दै ,तराइ बिकास को रुपमा बाम सरकारले कार्यकर्ता बिकास गरिरहेको आरोप समेत लगाएका छन ।

कञ्चनपुर काण्ड का मुख्य दोसि भनिएका थारुहट नेता रेसम चौधरी निर्दोष रहेको बताउदै यदि रेसम अपराधी भए प्रचण्ड पनि अपराधी भएको आरोप लगाएका छ्न । आन्दोलन र युद्धमा यस्ता घट्ना हुन्छ्न भनेरै २० औ हजार मान्छे मर्ने युद्ध गरेका प्रचण्ड प्रधानमन्त्री सम्म हुने अनि  निर्दोष चौधरी को छोरो चाहिँ जेल जानू पर्ने यस्तो विभेद कारी व्यवहार ठिक नभएको भन्दै आक्रोश समेत ब्यक्त गरेका छ्न । उनले अहिले मधेस मा पार्टी का कारेक्रम निरन्तर भै रहेको र अधिबेशन को तयारी मा पार्टी जुटेको समेत उल्लेक गरे।

प्रतिक्रिया