२०१८ का वाहियात नवखोज(इनोभेसन) हरु
विश्वमा मानवीय आवश्यकता पुरा गर्न वर्षेनी कैयन अस्विकार हुने गर्छ । ति सबै अस्विकार सबैले सहर्ष स्वीकार गर्न सक्दैनन् । ति नव खोजले (इनोभेसन ) बजार पिटन सफल हुदैनन् । सन् २०१८ मा पनि केही नयाँ बस्तु वाहियात सिद्ध भए ति निम्न छन्ः
भर्जिन ह्वाईट बारटेन्डर
मानिस बारमा रमाईलो गर्न जान्छ । थरीथरीका मानिस र उन्मक्त माहौलले मानिसलाई नयाँ उर्जा दिन्छ । केही बारमा बारटेन्डरको कलाले मानिसलाई आर्कषित गर्छ । अब बारमा तपाईले त्यो माहौल पाउनु हुने छैन किनकीः इस्टोनियाको एक फर्मले रोबोटिक बारटेन्डर भर्जिन ह्वाईट बनाएको छ । यसले तपाईको अर्डर लिन्छ र ड्रिन्क बनाउछ तर त्यहाँ बारको जिवन्तता हुने छैन । त्यसैकारण यसलाई सन् २०१८ को अनावश्यक नवखोजको सुचीमा पहिलो नम्बरमा राखिएको छ ।
चाईल्ड ट्रयाकर
बालबालिकाको गतिविधी निरिक्षण गर्न बनाइएको मिसेफ्स किड्स वाच सन् २०१८ को अनावश्यक नवखोजको सुचीमा दास्रो नम्बरमा छ । यो घडीबाट बच्चा कुन ठाउमा छ जानकारी प्राप्त हुन्छ साथै फोन पनि गर्न सकिन्छ । तर यो घडीको पठाइने सन्देश इन्सक्रिप्ट हुदैन र फोन प्रणालीपनि सजिलै ह्याक गर्न सकिन्छ । त्यसकारण यो सुरक्षित छैन । यो राम्रो प्रोडक्ट होइन र बच्चाको लागि उपयुक्त छैन, बिबिसीको विश्लेषण छ । यो घडीको मूल्य ८० अमेरिकी डलर छ ।
स्मार्ट ट्वाईलेट
एमाजन एलेक्साको कमाण्डबाट सञ्चालन हुने स्मार्ट ट्वाईलेट सन् २०१८ को अर्को अनावश्यक नवखोज हो । कोल्र्सले उत्पादन गरेको नमी ट्वाईलेट आठहजार अमेरिकी डलर पर्छ । यो ट्वाईलेट स्वचालित छ र संगित पनि दिन्छ तर जब प्रविधीको उपयोगको कुरा आउछ यो वाईहात छ ।
गो कार्ट सुटकेस
एकहजार पाँचसय अमेरिकी डलर पर्ने यो गो कार्ट सुटकेस आठ माईल प्रतिघन्टाको गतिमा दौडन्छ । विमानस्थलमा यात्रु बसेर यसलाई सञ्चालन गर्न सकिन्छ । तर, विमानस्थलको भिडभाडमा यो सुटकेसमा दौडनु उपयुक्त देखिदैन ।
कपडा पट्टाउने दराज
सन् २०१८ मा बजारमा आएको कपडा पट्टाउने दराज लन्ड्रोइडको मूल्य १६ हजार अमेरिकी डलर पर्छ । यसले कपडा पट्टाएर दराजको विभिन्न खण्डमा राख्छ तर मूल्य र उपयोगिताको हिसाबले यो अनावश्यक नवखोज हो । झर्को लाग्ने कुरा यसले एउटा कपडा आईरन गर्न र पट्टाउन १५ मिनेट लगाउछ । सेभेन ड्रिमर कम्पनीले यसलाई बनाएको हो ।
स्मार्ट अन्डरवेयर
म्यान्ट कम्पनीले तयार गरेको स्मार्ट अन्डरवेयरले मुटुको चाल, शरिरको तापमान र निद्रा चक्र मोनटिर गर्छ । मुटुको चाल, शरिरको तापमान र निद्रा चक्र मोनिटरीड. राम्रो हो तर जहाँ पनि मोनिटरीड. कति उपयुक्त होला? त्यसैले स्मार्ट अन्डरवेयर पनि सन् २०१८ को वाहियात नवखोजमा सुचिकृत भयो ।
भित्ते टेलिभिजन
एकसय ४६ इन्चको टेलिभिजन सन् २०१८ को वाहियात नवखोजमा परेको छ । साधारण घरको भित्ताको आकारको १२ फिटको यो टेलिभिजन कति उपयुक्त होला ? यसको मूल्य कति पर्ने कम्पनीले खुलाएको छैन । एक अनुमान अनुसार, यसको मूल्य एकलाख अमेरिकी डलरभन्दा बढी पर्दैन ।
स्रोतः आइएनसी डट कम
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया