एटलाण्टामा जीवीएलओको एकदिने साहित्य सम्मेलन सम्पन्न

इनेप्लिज २०७५ पुष ११ गते १८:५४ मा प्रकाशित
एटलान्टा, जर्जिया, जीवीएलओ अर्थात् ग्लोवल भुटनिज लिटररी अर्गनाइजेसनले जर्जिया राज्यको एटलाण्टामा एकदिने साहित्यिक कार्यक्रम सम्पन्न गर्यो । सो कार्यक्रम ३ चरणमा सम्पन्न भएको थियो ।
पहिलो चरणमा प्रथम भुटानी नेपाली गजलकार शेरु उदासको “वन्द खाम” तथा राजु सुव्वाको “स्मृतिका छालहरू” दुई गजल संग्रहको प्रमुख अतिथि साहित्यकार गोविन्द गिरी प्रेरणा तथा अन्य अतिथिहरु दीपा राई पुन, खेम रिजाल, गङ्गा लामिटारे, विजय खालिङ लगायतले सामुहिक रुपमा विमोचन गर्नु भएको थियो ।
विमोचित कृति वन्द खामको वारेमा सविन शर्मा धिताल तथा स्मृतिका छालहरुको वारेमा पशुपति तिम्सिनाले समीक्षा गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा कवयित्री दीपा राई पुनले कविता लेखनको विषयमा, गजल लेखनको वारेमा सविन शर्मा धितालले आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाले आख्यान लेखनको विषयमा आफ्नो धारणा राख्नु भएको थियो । मन्तच्यको क्रममा उहांले नेपाली भाषा साहित्यले नै आजको यो कार्यक्रममा सहभागी हुने अवसर जुटाएको भन्दै विश्वका नेपाली भाषीहरु नेपाली भाषा साहित्यको लागि एकताबध्द हुनुपर्ने धारणा राख्नु भयो ।
सो अबसरमा अनेसास गर्जिया च्याप्टरका अध्यक्ष किरण ढकाल मानिके, साहित्य परिषद भुटानका अध्यक्ष गंगाराम लामिटारे , समाजसेवी हरि अधिकारी वगाले, दीलिप दाहाल लगायतले मन्तव्य र विचार राख्नु भएको थियो ।
तेश्रो चरणमा साहित्यिक साँझको आयोजना गरिएको थियो । साहित्यिक साँझमा टेक्सास, ओहायो, पेन्सिलभेनिया, नेभ्रास्का , भर्जिनिया, नर्थ क्यारोलाईना, म्यासाच्युसेट्स लगायत राज्यहरुवाट सहभागी श्रष्टाहरुले दुई चरणमा रचना वाचन गरेका थिए ।
कार्यक्रममा विभिन्न राज्यहरुवाट सहभागी श्रष्टाहरमा हिमशिखर, डिल्लु चम्लगाई, पूर्ण नर्जाली जलन, राज बराल, निल अधिकारी, ममता मोक्तान, लक्की राशि, कर्ण गुरुङ, दिपेन ढुङ्गाना, आभास रिखाम, केशव प्रसाद न्यौपाने, उमेश आचार्य, सुशील रेग्मी, खेम रिजाल, डेन्जम साम्पाङ, रमेश दियाली, अविनाश भट्टराई एक्स्ट्रा, शेरु राई उदास, राज बराल, चेतन बानिया, किरण मानके अनेसास, प्रकाश वन्दना, निर्मला राई आदि हुनुहुन्थ्यो ।

प्रतिक्रिया