नेपाल आइृडल २ बिजेता रबि ओडकी आमाको मृत्यूको कारण के थियो ? आमा छोराको भेट नै भएन (भिडियो)

इनेप्लिज २०७५ पुष ११ गते ११:४० मा प्रकाशित

कहिले काही जिन्दगीमा यस्तो मोड आउँछ जुन खुसी र दुःख एकै पटक पर्छ । हो, त्यस्तै भएको छ, नेपाल आईडल सिजन २ का बिजेता रबि ओडलाई । गत हप्ता शुक्रबार नेपाल आईडल सिजन २ का बिजेता घोषित भएपछि रबि ओडको जिन्दगीले नयाँ मोड लियो । उनलाई देशैभरबाट बधाईका साथ सम्मान लिन भ्याईनभ्याई छ तर बुधबार मात्र उनकी कान्छी आमा बिष्णाको निधन भएको छ ।

बुधबार बिहान पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएकी विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल लगिएको थियो, अस्पताल पुर्याउनु अघिनै उनको मृत्यु भइसकेको थियो ।
विष्णा रविकी कान्छी आमा हुन् । विष्णाले आमाको मायामा कुनै कमी दिएकी थिइनन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि विष्णाले आफ्नै छोरा जस्तो गरेर हुर्काएकी थिइन् ।

कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।

प्रतिक्रिया