राजनैतिक बिस्लेसक डाक्टर युवराज संग्रौला ले प्रधानमन्त्री केपी ओली ले देश प्रती पबित्र भावनाले काम गरिरहे पनि प्रधानमन्त्री खराब चरित्र को घेराबन्दीमा परेका कारण आलोचनाको सिकार हुनुपरेको धारणा व्यक्त गर्नु भएको छ ।प्रधानमन्त्रीलाई सबै कुरा को जानकारी हुनु पर्छ भनेजसरी प्रधानमन्त्री को आलोचना भै रहदा प्रधानमन्त्री को बचाउ गर्न सरकारका मन्त्री र स्वयंप्रधानमन्त्री को पार्टी&न्ब्स्प्; किन सकिरहेको छैन वा चाहिरहेको छैन ? यो अनौठो देखिएको उल्लेख गर्दै हरेककुरामा प्रधानमन्त्री आफैले डिफेन्स गर्नु पर्दा प्रधानमन्त्री धेर बोले जस्तो मात्र देखिएको तर त्यो प्रधानमन्त्री को बाध्यता भएको विश्लेषण गर्नु भएको छ ।
सरकारले आधरभुत जनजिबिकाको सवालमा आत्मनिर्भर कारेक्रम नल्याएको कारण जनता धेरै निरासभएकाले मात्र प्रधानमन्त्री को ठुलठुला बिकास को महत्वाकांक्षी सपना हासो र उपहास जस्तो हुन गएको भए पनि तर यस्तै सपनाहरूले नै बिकास र समृद्धिको समाजबादी चरणहरु बिकास गर्ने कुरा समेत उल्लेख गर्नु भयो । सरकार धेरै कुरामा नराम्रो सग चुक्नु मा अर्थ मन्त्रालय र सरकार को सम्पुर्ण गुप्तचर एजेन्सी जिम्मेवार रहेको बताउदै मुख्य रुपमा सुरक्षाका सम्पुर्ण संरचना समाप्त भएजस्तो अनुभुत भएको उल्लेख गर्नु भएको छ । निर्मला पन्तको हत्या र नेपालमा भएको एसिया प्यासिफिक समिट को भित्री गतिविधि र आसय बारे आर्मी ,प्रहरी र ससस्त्र प्रहरी को गुप्तचर ले किन प्रधानमन्त्रीलाई सहिसुचना दिएनन ? भन्ने प्रती प्रश्न गर्दै निर्मला पन्त हत्याको अनुसन्धान र अपराधी समात्ने विषय बिश्व युद्ध जित्नु परेजस्तो कठिन हुनु सुरक्षा निकायको दरिद्रता भएको बताउनु भएको छ ।
प्रतिक्रिया