शुक्रबार, चैत ८ २०७५
काठमाडौं ०७:५०
वासिङटन डिसी 22:05

“बा-आमा”

रचना: ललित तिलिजा पुन, बाल्टिमोर - मेरिल्याण्ड २०७५ पुष १० गते १९:५५ मा प्रकाशित

ओछ्यानै पर्ने हुन कि थाहै नपाई,
डरमा छन् बा-आमा!
बेलुकी बिहान हर समय,
औसधिको भरमा छन् बा-आमा!!

फुल्दैछ कपाल, थाक्दैछ शरीर,
बस्दैछ नजर पनि!
बिश्वाश छ मनमा भेट्नेछु छोरा,
रहरैरहरमा छन् बा-आमा!!

थाम्न सक्दिन लडखडाएका पाइलाहरु,
पुछ्न सक्दिन आसुँ
काँडेतारले छेकिएका कोषौ टाढा,
अर्कै शहरमा छन् बा-आमा!!

प्रभुकै दर्शन पाउँछु हरक्षण,
जब सम्झन्छु बा-आमा!
‘मारे पाप – पाले पुण्य’ प्रभु,
तिम्रै भरमा छन् बा-आमा!!

प्रतिक्रिया