सोमबार, साउन ३० २०७९
काठमाडौं १५:२१
वासिङटन डिसी 05:36

देवी घर्ति र सन्तोष परियारको सुमधुर स्वरमा “धोका” हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ पुष १० गते १६:०० मा प्रकाशित


पानस डिजिटल प्रा.लिको प्रस्तुतीमा बिष्णु नेपालीको निकै मार्मिक लोकदोहोरी गीत देवी घर्ति र सन्तोष परियारको सुमधुर स्वरमा “धोका” गीतको भिडियो डिजिटल बजारमा आएको छ । आफनो मायालुको लागी दुनिँयाबाट टाडा जान आफु तयार रहेको कुरा गायकले आफनी प्रेमिका समक्ष प्रस्तुत गरेका छन । आफनी प्रेमिकालाई धेरै माया गर्दापनि वियोग सहन बाध्य भएका गायक निकै बिरतिएका छन । संगीत विष्णु नेपालीको गीतमा शब्द तथा मार्मिक मौलिक लय सिर्जना रहेको छ ।

गीतमा विरहका भावलाई समेटिएको छ । आफनो जिवनमा आगामी दिनमा कदापी नआउन र जहाँ भएपनि आफै सोही स्थानमा रमाउनको लागी आग्रह गरिएको छ । सागर गौत्तमको छायाँकन , संगीत बानिँयाको सम्पादन , निशान बाँनियाँकने निर्देशन भिडियोमा रहेको छ । धोका गीतमा संगीत विष्णु नेपाली , पारु नेपाली र बसन्त राहु मगरको अभिनय रहेको छ ।

प्रतिक्रिया