सडक सुरक्षाका मामिलामा इतिहासकै गैरजिम्मेवार प्रधानमन्त्री ओली।

सन्तोष खडेरी २०७५ पुष १० गते ४:३२ मा प्रकाशित

‘गाडी नपल्टिएको दिन नै छैन अलच्छिना सरकार’

त्यही ब्यबस्थाको मुखिया भएर मुखिया पद गुमाउनुको पिडामा रन्थनिएका ओलीले कुनै समय विपक्षीलाई कटाक्ष गर्न शृङ्खलाबद्ध दुर्घटनाका घटनालाई लिएर दुर्घटनाका कारण परिवारजन गुमाएका आफन्तहरुको पीडा माथी समेत ब्यंग्य गर्दै कटाक्ष गरेको वाक्य थियो ‘गाडी नपल्टिएको दिन नै छैन अलच्छिना सरकार’ जून सार्वजनिक राजनीतिको सबैभन्दा तल्लो स्तरको टिप्पणी हो। यो भन्दा कायर टिप्पणी सायदै अर्को केही हुन सक्ला??

मुलुकको बिकट भौगोलिक अवस्थाका माझमा बनेका जटिल सडकको अवस्था , आर्थिक प्रलोभनमा नैतिकता गुमाएका प्राविधिकहरुले सिफारिस सहित प्रमाणित गरेका गुणस्तरहीन सडक , यातायातमा रहेको सिण्डिकेटका कारण सिमित यातायात ब्यबसायिको कब्जामा रहेको सार्वजनिक सडक साथै सार्वजनिक यातायातका पुराना संगै सिमित सवारीका साधन , अनुभवी चालकहरू बिदेश पलायन भईरहँदा मुलुकमा दक्ष चालकको अभाव भईरहेको अवस्था संगै चालकको जिम्मेवारी नहुने गैरजिम्मेवार चालक , यातायात सवारी चालक पत्र लाईसेन्समा हुने चरम भ्रष्टाचारका कारण आर्थिक प्रलोभनमा किस्तिमा बाँडिएका लाईसेन्स सहित यसको नियमन गर्ने कमजोर सरकारी मापदण्डका कारण मुलुकको सार्वजनिक यातायात सहित समग्र सडक सुरक्षाको अवस्था कस्तो छ भन्ने बिषय मुलुकका प्रधानमन्त्री भईसकेका ब्यक्तिलाई जानकारी नहुने भन्ने हुँदैन तर हिंजोको नेकपा एमाले भित्र रहेर लगातार अढाई दशक सम्म उक्त दलको स्थायी प्रतिपक्षीका रुपमा उनी आफैले हुर्काएको यो बिकृतीका उनका भलिभाती जानकार हुँदाहुँदै पनि सार्वजनिक राजनीतिमा यो हद सम्मको गैरजिम्मेवार अभिव्यक्ति दिने उनै प्रधानमन्त्री ओलीले पछिल्लो १०महिना यता २ तिहाई बहुमतको बलमा मुलुकको शासनको बागडोर सम्हालिरहेका छन्।

उनै ओलीले सत्ताको बागडोर सम्हालेको पछिल्लो १० महिनामा मुलुकमा हवाई दुर्घटना सहित सडक दुर्घटनाका घटना थामिएका छैनन् अँझ सडक दुर्घटना त झन् शृङ्खलाबद्ध रुपमा बढिरहेकै छन् तर उति बेला ‘गाडी नपल्टिएको दिन नै छैन अलच्छिना सरकार’ जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने उनी मौन छन् र केवल मृतकहरु प्रती ट्विटरबाट श्रद्धाञ्जली दिँदै दु:ख ब्यक्त गर्ने एउटा देखावटी औपचारिकता मात्र पूरा गरिरहेका छन् मानौं प्रधानमन्त्रीको जिम्मेवारी त्यति दु:ख ब्यक्त गर्ने मात्र हो।

घाईतेको उचित औषधोपचार सहित यस्ता घटना भईहालेमा राहत उद्दारमा कसरी प्रभावकारी ढंगले सरकारी संयत्र परिचालन गर्नेमा उनको कुनै तत्परता देखिँदैन त्यस्तै मुख्य बिषय मुलुकका विभिन्न भूभागमा शृङ्खलाबद्ध रुपमा बढिरहेका सडक दुर्घटनाको छानविन गरि तिनका कारणहरु पत्ता लगाएर त्यसको न्युनिकरण सहित निराकरण गर्ने प्रमुख जिम्मेवारी उनको पर्दैन भनी मौन छन् यसमा सरकारको कुनै भूमिका आमनागरिकलाई कहिल्यै महसुस गर्न पाएका छैनन् ।

यो शासकीय गैरजिम्मेवारीपनका कारण हज्जारौं नागरिकले अनाहकमा ज्यान गुमाईरहने तर शासकीय संरचना मौन बसि निराकरणको खोज नगरी मौन स्वीकृति दिँदा यो अब पनि दुर्घटना मात्र नभई शासकीय अकर्मण्यताका कारण नागरिकले ज्यान गुमाए यो शासकीय नरसंहार हुन्छ कि हुँदैन? सडक दुर्घटना संग जोडिएका यसका सम्बन्धित सम्पूर्ण निकाय सहित यसको समग्र बैज्ञानिक अध्ययन कतै नभए पनि प्रारम्भिक रुपमा दुर्घटनाको मुख्य कारक मानवीय त्रुटी औंल्याईन्छ जसमा ८०% दुर्घटनाका घटनामा चालकलाई मुख्य दोषी करार गरिन्छ यसमा कुनै सत्यता छ वा सबैभन्दा ठुलो जिम्मेवारी लिएको तर कमजोर अवस्थामा रहेको चालकलाई मात्र दोष लगाएर अरुलाई चोख्याईन्छ त यसको पाटो उजार गर्ने समय आईसक्यो।

त्यसैले सस्तो लोकप्रियताका लागि फगत बोल्नु भन्दा सडक दुर्घटना संग जोडिएका यस संग सम्बन्धित सम्पूर्ण निकाय सहित यसको समग्र बैज्ञानिक अध्ययन गरि त्यसबाट निस्कने निस्कर्षहरुको आधारमा त्यसको सुरक्षा परिपालना गर्न बिलम्ब भईसक्यो त्यसैले यसको सत्यतथ्य उजागर गरि निराकरण गर्ने तर्फ ओली महोदयको ध्यान पुगोस्।

प्रतिक्रिया