चर्चित ट्राफिक प्रहरी भन्छन्: पहिला डिउटी तेस्पछी श्रीमति,२९बर्ष सम्म कुनै लुगानै थिएन। (भिडियो सहित)

इनेप्लिज २०७५ पुष ७ गते ११:५२ मा प्रकाशित

सितारामले आफ्नो जागिरे जीवन को २९ बर्षमा परिवारलाई दिन नसकेको समय अहिले दिन पाउँदा परिवारमा नया खुशी छाएको समेत बताउनु भयो। आफुले कहिलै पदको आसा गरेर काम नगर्दाको परिणाम नै आफू सफल हुनुको कारण भएको समेत बताउदै पदको लोभ भन्दा पनि डिउटी र कर्तव्यको जिम्मेवारी बोध चाहिँ ठूलो कुरा भएको र आफुले पूरा गरेको कर्तव्य अनुरुपनै सरकार ,प्रहरी सङ्गगठन एवम विभिन्न निकायबाट, १२९ वटा भन्दा बढी सम्मान र पुरस्कारहरुले&न्ब्स्प्; आफ्नो योगदानलाई उच्च कदर&न्ब्स्प्; भएको ले आफुलाई माथिल्लो ओहदामा बढुवा भएन भन्ने बिस्मत कहिलै&न्ब्स्प्; नभएको उल्लेख गर्नुभयो ।

चर्चित बनेका सितारामले धेरै काम अझै बाकी रहेको बताउनु भएको छ । मापासे चेकिङ मेसिन , वान वे रुट , चस्मा क्यामेरा , आधुनिक भौतिक सम्रचना जस्ता आम सुधारका कारेक्रम भित्याएका हाछेथु ले अझै पनि सडकमा ट्राफिक ल्याम्प ब्यवस्थित गर्न नसक्दा ट्राफिकले हातको इसाराले कठिन तरिकाले काम गर्नु परिरहेको प्रती चिन्ता ब्यक्त गर्नु भएको छ । आफ्नो जागिरे जीवन भर कुनै पनि दिन सिभिल ड्रेस नलगाएका सितारामका&न्ब्स्प्; ५४ जोडि प्रहरी बर्दी साथमा रहेको प्रसङ्ग उल्लेख गर्दै आफुलाइ प्रहरी बर्दिले सधै देश जनता र आफ्नो कर्तव्य प्रती प्रेरित गरेको बताउनु भयो ।

प्रतिक्रिया