रवि ओड भए नेपाल आईडल सिजन-२ का विजेता

इनेप्लिज २०७५ पुष ७ गते १०:०० मा प्रकाशित

काठमाडौं। फिनालेमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै रवि ओड नेपाल आइड सिजन–२ को विजेता भएका छन् । उनले फस्र्ट रनरअप विक्रम बराललाई पछि पार्दै विजयी बने । उनले कारसँगै नगद २२ लाख रुपैयाँ पाएका छन् ।

यस्तै फस्र्ट रनरअप विक्रम बरालले नगद २० लाख रुपैयाँ पाएका छन् भने सेकेन्ड रनरअप सुमित पाठकले नगद १२ लाख रुपैयाँ पाएका छन् । अस्मिता अधिकारी चौथो भएकी छन् । उनले स्कुटी प्राप्त गरिन् ।

प्रतिक्रिया