एकै परिवारका पाँच सन्तान अपांङ्गता (भिडियो सहित)

इनेप्लिज २०७५ पुष ५ गते ३:४३ मा प्रकाशित

पथरी

सन्तान जन्मिएपछि सबै आमाबाबुले एकखाले सपना देखेका हुन्छन् । आफ्नो सन्तानले धेरै पढोस् अनि ठूलो मान्छे बन्नस । तर यहाँ जब जन्मीएका सन्तान हुर्कदै गए तब बा आमाको सानै भए पनि जागिर गरोस नत्र घरको काम सघाओस भन्ने सबै सपना मेटिदै गयो । यहाँ एक ढुङगाना परिवारमा एक दुई मात्र हैन ५ सन्तान अपाङगता छन । मोरङको इटहरा ७ सिक्किमे टोलका तुलसी र सृजना ढुंगानाको सपना पनि यो भन्दा फरक थिएन । दुई छोरा र तीन छोरीहरु अरू केटाकेटी जस्तो सामान्य देखिएन्न ५ जना नै अपाङगता देखिए । त्यसपछि उनीहरू भविष्यको सुखद कल्पना भन्दा पनि आफ्ना सन्तानको अवस्थादेखि चिन्तित भए । तुलसी र सृजना ढुंगाना दम्पतीका सात सन्तानमध्ये दुई सपाङ्ग भए पनि ५ जना भने मानसिक र शारीरिक रूपमा अपाङ्ग छन् । सुस्त मनस्थितिका निर्मला ३३, निर्मल ३२, उमेश २८, पवित्रा १९ र गोमा १७ वर्षकी रहेकी छन् ।

हातखुट्टा राम्रोसँग चलाउन नसक्ने, बोल्न र सोच्न नसक्ने सन्तान भएपछि भविष्यको सुख हैन दैनिक हातमुख जोह गर्न समेत समस्या भएको देखिन्छ । ५ सन्तानको हेरचाहमा दिनहरू बिताउनुपरेको तुलसी ढुङाना बताउछन । ढुंगाना आफै वृद्ध अवस्थाका छन त्यस्मा पनि चन्चले युवा अवस्थाका अपाङगता छोरा छोरी छन ।

तुलसीराम ढुङ्गानाको आम्दानीको स्रोत डेढ बिघा जमिन मात्र हो । छोराछोरी अपाङ्ग भएपछि सघाउने नहुँदा उनले भएको खेत अँधिया लगाएका छन् । अँधियाबाट आएको धानले वर्षभरि परिवारलाई खान पुग्दैन, किनेर खानुपर्ने अवस्था छ । आम्दानीको स्रोत अरू छैन ।

खुवाउनेदेखि दिसापिसाब समेत अरूको सहाराले गराउनुपर्ने हुन्छ । उनीहरूले आफैं निश्चित ठाउँमा केही गर्दैन्न । दिनभरि उनीहरूको गोठालो लाग्नुपर्ने अवस्थाको कारण आफू पनि अन्त काम गर्न जान नसक्ने अवस्थामा रहेकी सृजना बताउँछिन् । सरकारले कुनै राहत दिए दैनिकी चलाउन सजिलो हुने आशामा उनी रहेकी छन् । सृजना तुलसीकी कान्छी श्रीमती हुन् । जेठी आफ्नै दिदीबाट पनि जन्मिएका दुई सन्तान अपांग जन्मिए । दिदीको मृत्युपछि मेरो विवाह भएको हो । तर आफूबाट जन्मेका पाँचमध्ये तीन सन्तान अपांग जन्मिएको उनले बताइन् ।

राज्यले अहिले सम्म केहि सहयोग नगरेको तुलसीराम ढुङगाना बताउछन । संचारकर्मी संगको गफगाफमा तुलसीरामा गुनासो गर्दै थिए “चुनावमा भोट माग्न आएका नेता कता हराए पतै भएन” बर्षै पिच्छे अपाङता दिवस मनाउछन रे खै हाम्रात अपाङता होइन रहेछन की क्याहो ढुङगाना गुनासो गर्दै थिए ।

प्रतिक्रिया