क्षितिज मेन्याङबो र राम कुमार दराईको सहकार्यमा तिमी त थियौ (भिडियो सहित)

इनेप्लिज २०७५ पुष ४ गते १:२२ मा प्रकाशित

काठमाडौं । नेपाली युवाहरु जति सुकै प्रतिभावान् भएता पनि बिदेशको मरुभूमिमा नगई आफ्नो गुजारा चलाउँन असमर्थ छन् भन्दा फरक पर्दैन । यस्तै बाध्यताको भूमरीमा परेका मध्येमा पर्छन् दुई युवा गायक तथा संगीतकार क्षितिज मेन्याङबो र गीतकार तथा गायक राम कुमार दराई पनि । उनीहरु प्रवासी भूमिमा परिश्रम गर्छन् अनि बचेको समयमा नेपाली गीत संगीतलाई समय दिन्छन् । यी नै मेहनती दुई युवाको सहकार्यमा तिमी त थियौ हजारौंमा एक बोलको गीतको भिडियो सार्वजनिक भएको छ । संयोग बस भेट भएर आफ्नो उद्दारमा सहयोग गरेको युवासँग मनका कुरा साट्न समेत नपाई गुमाउँनु पर्दा युवतीले बेहोर्ने कारुणिक अवस्था दर्शाईएको उक्त भिडियो सार्वजनिक भएको हो ।

मानवीय जीवनका यथार्थतालाई चित्रण गरेर गीत लेख्न सिपालु राम कुमार दराईको शब्दमा पछिल्लो पुस्ताका चर्चित संगीतकार क्षितिज मेन्याङ्बोले संगीत गरेको उक्त गीत श्रेयसी चेम्जोङले गाएकी हुन् । गीतकार दराईको साथमा निशा कार्की, पवन जसवाल र बिनोद परियारको समेत अभिनय रहेको भिडियो जीवन श्रेष्ठले खिचेका हुन् भने निर्देशन र सम्पादन तुलसी बाँस्कोटाको रहेको छ ।

प्रतिक्रिया