क्यान्सर भएर मृत्यु नजिक र त्यसबाट मुक्ति पाउँदाको अनुभव । (भिडियो सहित)

इनेप्लिज २०७५ पुष २ गते ११:५४ मा प्रकाशित

बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ आगामी पुसमा बजारमा आउने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर कोइरालाले पुस्तक पुषमा आयोजना हुने लिटिरेचर फेस्टिभलमा विमोचन गरिन लागेको जानकारी दिइन् ।

आत्मवृतान्तमा मनिषाले आफूलाई क्यान्सर रोग लागेपछि क्यान्सर विरुद्धको लडाइ बारे विस्तृतमा उल्लेख गरेकी छिन् । भारतमा याे किताव पेन्गुइन इण्डियाले प्रकाशन गरेको हो । किताव मनिषाले लेखक नीलम कुमारसँग संयुक्तरुपमा लेखेकी हुन् ।

नेपाली फिल्म फेरि भेटौलामा अभिनय गरेपछि मुम्बई पुगेकी मनिषाले बलिउडमा सौदागर फिल्मबाट डेब्यू गरेकी थिइन् । उनलाई २०१२ मा क्यान्सर देखिएको थियो । पछिल्लो पटक उनले सञ्जय दत्तको बायोपिक फिल्म सञ्जुमा नरगीसको भूमिकामा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया