पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आउँदा धेरै सर्मथकहरुले भेट्न त के देख्न समेत पाएनन् । पूर्व निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा बिमानस्थलमा पत्रकार, हिन्दु धर्म सर्मथक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरु, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरु साथै सर्वसाधरणहरुको ठूलो घुइँचो थियो ।
बिशिष्ट कक्षबाट निस्केपछि बलियाहरु पूर्वराजाको नजिक गए । कमजोर र साना ज्यान भएकाहरु पछाडी धकलिए ।
पत्रकारको पंक्ति ठूलो मात्रामा उपस्थित थियो तर क्यामराका साथमा उनीहरुले ज्ञानेन्द्र शाहको भिडियो र तस्बिर राम्रोसंग लिन पाएनन् । ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न, फूल दिन, माला लगाउन लाईनमा बसेकाहरु माला चुडाएर फूल मात्र माथिबाट बर्साएका थिए । भीडमा ज्यान जोखिम बनाएर घुस्नेहरुले मात्र शाहलाई देख्न पाए अरु उपस्थितहरु भने टाढाबाट तछाड्मछाड् गर्दै बहिरिएको भिड हेरेर चित्त बुझाए ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया