गर्जीए प्रधानमन्त्री ओली : सपना नदेखे हुन्छ राजसंस्था फर्किने। (भिडियो सहित)
प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खोजिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए ।प्रहरी तालिम केन्द्र ३ दशक अघि पनौती सार्ने निर्णय भएपनि त्यसलाई अघि सारेर गणतन्त्र विरोधीहरुले राष्ट्रपति जस्तो मर्यादित संस्थामाथि निरन्तर आक्रमण गरिरहेको प्रधानमन्त्री ओलीको दावी छ ।
ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल नहुने पनि स्पष्ट पारे ।
देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति पनि जनाए ।
तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आईतबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख पनि गरे । छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति फर्कदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जनानै प्रधानमन्त्री हुने भन्दै ठट्टा पनि गरे ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया