रवि ओडले गाएको गीतमा बन्यो बबाल डान्स भिडियो

इनेप्लिज २०७५ पुष १ गते १३:०६ मा प्रकाशित

दिलासा क्रियसन को ब्यानर मा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप ”को “ए मन ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिना को आवाज रहेको छ ।

चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन । बिजय पाठक र दिनेश राउतको निर्माण ,बिरेन्द्र भट्ट को छायांकन ,कमल राई को नृत्य ,सानू कुमार महर्जन को द्वन्द एस के अधिकारीको गीत र एस के अधिकारी र गणेश चौधरी को संगीत ,नित्या शिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना ,मनिषा पोख्रेल को आवाज साहिल खानको सम्पादन मा किसोर खतिवडा ,सन्चिता लुइँटेल ,रिचा थापा,उद्धव गिरी , प्रेम खड्का को अभिनय रहेको छ ।

आरोपको रिलिज मिती माघ ११ गते नेपाल भरिका सिनेमा हलहरुमा हेर्न सकिने निमार्ण पक्षले बताएको छ र अहिले पोष्ट प्रोडक्सनको काम भै रहेको पनि बताइएको छ । युवा युवतीहरु विचको त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा ,युवा अवस्थाको विभिन्न अवस्थालाई चलचित्रमा समेटिएको चलचित्रको निमार्ण पक्षले बताएको छ ।

“ ए मन” हेर्नुहोस भिडियो सहित

प्रतिक्रिया