एसिया प्यासिफिक सिखर सम्मेलन पछि भैरहेका विभिन्न टिक्का टिप्पणी प्रती युनिभर्सल पिस फेडेरेसनका नेपाल प्रमुख एकनाथ ढकाल ले दु:ख ब्यक्त गरेका छ्न । एभरेस्ट नेपाल अनलाइन टिभी सगको एक अन्तरवार्तामा उनले दुख ब्यक्त गर्दै एसिया प्यासिफिक सिखर सम्मेलनले अन्तरास्ट्रिय रुपमा नेपालको दिगो शान्ति र समृद्धिको सकारात्मक रुपमा नयाँ सन्देश गैरहेका बेला नेपालका केही बुद्दिजिवीहरुले अत्यन्तै तल्लोस्त्तर को आलोचना गर्नु दुखद भएको बताएका छ्न ।
सरकार र प्रतीक्षामा रहेका राजनैतिक दलहरुले समेत यो कार्यक्रममा पुर्याएको सहयोग प्रती आभार ब्यक्त गर्दै यस्तो सम्मेलन २०४६ साल भन्दा अगाडी पन्चायतकाल देखि नै हुँदै आएको र प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजाल देखि राजा बिरेन्द्र सम्म ले यसको महत्वबारे प्रस्ट्याइ सकेको अन्तरास्ट्रिय शान्ति प्रवर्द्धन को विषय भएको ले यो कारेक्रम बारे आज आएर एक दुई अमुक मान्छेहरुले गर्ने आलोचनाको तुक नभएको र यस्ले आफुहरुलाई कुनै फरक नपर्ने समेत उल्लेख गरे ।
युनिभर्सल पिस फेडेरेसन इसाइ प्रचारक सस्था नभएको उल्लेख गर्दै एसिया प्यासिफिक सिखर सम्मेलनले नेपाल को पर्यटन ,जलबायु परिवर्तनका छेत्रमा नयाँ आधार खडा गरेको मात्र नभै जनस्तरमा सर्वसाधारण नेपाली जनताको समेत शान्ति र दक्षिण एसियाली बिकास सगको साझेदारीका छेत्रमा नयाँ आत्मबिस्वास बिकास भएको उल्लेख गरे ।
सकारात्मक आलोचना आगामी दिनकालागी अघाडी बढ्ने प्रेरणा भएको उल्लेक गर्दै आगामी दिन पनि अझ महत्वपुर्ण कारेक्रम ल्याउने तयारी भै रहेको ले पबित्र उदेश्यले देश को हितमा गरिएका कामहरुलाई सकारात्मक रुपमा लिन सबै सामु अपिल गरेकाछ्न । सिखर सम्मेलन लगत्तै कोरिया भ्रमण गरेर फर्किएका ढकालले कोरियामा भेट हुदा मदरमुनले नेपाल प्रती अत्यन्तै सकारात्मक हर्ष र प्रेम ब्यक्त गरेको समेत उल्लेख गरे । युनिभर्सल पिस फेडेरेसन मार्फत पूरा गर्ने आफ्नो कुनै राजनैतिक स्वार्थ नभए पनि यश सस्थाले बिकास गरेको अन्तरास्ट्रिय दायरा बाट केही राजनिती गरिआएका मानिसहरु बढी ससङ्कित र पुर्वाग्रही हुनुलाई आफुले कुनै अनौठोरुपमा नलिएको समेत ब्यक्त गरेका छ्न ।
प्रतिक्रिया