फेरी खुल्यो भाग्य ! बाबालाइ विमानस्थलमा काम ‘चौरीको चाम्रो छुर्पी’ गित संसार भरी भाइरल : अशोकले भने (भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर २९ गते १५:३५ मा प्रकाशित

युके,

अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन्।

आजभोली दर्जीको चर्चा सामाजिक संजाल लगायत धेरै मिडियाहरु जता सुकै चुलिएका छन्। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन्। दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाहरू अन्तर्वार्ता र उनको प्रतिभालाई सबैमाज पुराउनको लागि पछि लागेका छन् ।

पछिल्लो समय अत्यन्तै चर्चामा आएको गित मन बिनाको धन ठुलो धेरै दर्शक स्रोताको मनमा बस्न सफल भयो । यो गित पछि अशोक दर्जीलाइ धेरै दर्शक स्रोताहरुले माया गरेर सहयोग गर्नु भयो । गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको स्वर रहेको यो गितले देश विदेशका सबै सहयोगी मन हरुलाई सहयोग गर्न प्रेरित पारिदियो । अशोक दर्जीको परिवार अत्यन्तै कम्जोर रहेकोले उसलाई घर र जग्गा किन्न मन भएका सहयोगी दाताहरुले सहयोग गरेर आज अशोक दर्जी संग चिटिक्क परेको घर छ ।

चौरीको चाम्रो छुर्पी गित सार्बजनिक भए लगतै केही दिन भित्रै मिलियन भिउज पाई सकेको युटुबले जानकारी गराएको छ । ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ गीतले चर्चामा आएका अशोक दर्जीको स्वरमा ‘चौरीको चाम्रो छुर्पी’ गीतको धेरै चर्चा भै रहे लगतै टंक बुढाथोकी, अशोक दर्जी एआर लाइव भिडियो मार्फत यस्तो जानकारी दिए ।

हेर्नुस् भिडियो।

प्रतिक्रिया