दिनदिनै बढेको छ ठण्डी……त्यसपछि के भने होलान् शिवहरीले ? गितबाटै यस्तो भनेपछि !

इनेप्लिज २०७५ मंसिर २९ गते १५:१६ मा प्रकाशित


पोखराको काहुँमा रहेको धरहरा र काहुँ डाडाँको प्रचार प्रसार गर्ने उद्देश्यले काहुँ धरहरा महोत्सव भएको छ । काँहु धरहरा महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोगकको रहको छ । जनकल्याण क्लबको आयोजना तथा फुलबारी क्लबको सह आयोजनामा महोत्सब संचालन हुनेछ । २०६२ सालमा पहिलो पटक र २०६५ सालमा दोस्रो महोत्सव आयोजना भएको थियो । एक दशक पछि फेरी स्थानीय क्लबहरुको सक्रियतामा तेस्रो पटक महोत्सव गरिएको हो ।

महोत्सवमा राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र चित्रकला प्रतियोगिता आयोजना गरिने उनले जनाए । लाईभ म्युजिक कन्सर्ट, व्यापार मेला समेत आयोजना गरिने छ । स्थानीय सस्कृति तथा कलाको प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, बिक्री तथा प्रचारप्रसार गरिने छ । महोत्सव स्थलमा ८० वटा स्टल राखिने छ । स्टलमा दैनिक उपभोग्य सामान, फुड फेष्टिबल, हस्तकलाका सामानहरु राखिने क्लबले जनाएको छ । दश दिने महोत्सवमा ८० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । काँहु धरहरासम्म पुग्न अहिले मोटरबाटो नै निर्माण गरिएको छ ।

त्यहि महोत्सबमा गायक शिवहरी ढुङ्गानाले दोहोरी गाए । दोहोरीमा गाए दिन दिनै बढ्दै छ ठण्डी.. त्यसपछि उनले स्टेजमा नै के भने होलान् ? हेर्नुहोस यो भिडियो

प्रतिक्रिया