शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:४९
वासिङटन डिसी 14:04

सेलरमिलमा आगलागी हुँदा नौ लाखको क्षति

इनेप्लिज २०७५ मंसिर २९ गते ९:४१ मा प्रकाशित

पर्सा, मङ्सिर २९ गते । पर्साको सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा आज बिहान आगलागी हुँदा रु नौ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । गाउँपालिकाकोे वडा नं ४ सोलखपुरमा रहेको ग्यासुदिन मियाँको धान कुट्ने सेलरमिलामा आगलागी भएको हो ।

बिजुलीको तार सट भई बिहान २ बजेदेखि आगलागीे भएको प्रहरी चौकी महुवनले जनाएको छ । सेलरमिलमा भएको आगलागीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याइएको प्रहरी चौकी महुवनका इन्चार्ज प्रहरी सहायक निरीक्षक जिवछकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँले आगलागीमा परी मिलभित्र भण्डारण गरी राखिएको धान, ब्राण्ड, सेलरमेशिन, दमकल, मोटर र नगद रु ७० हजार जलेर नष्ट भएको बताउनुभयो ।
आगलागीमा परी नौ लाखभन्दा बढीको धनमाल जलेको हुन सकिने प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया