टेक्ससका न्यायाधिस द्वारा ओबामा केयर असंबैधानिक भएको फैसला

इनेप्लिज २०७५ मंसिर २९ गते ३:२४ मा प्रकाशित

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको समयमा निकै संघर्ष गरेर ल्याइएको ओबामा हेल्थ केयर कानुनलाई टेक्ससका न्यायाधिसले ओबामा केयर असंबैधानिक भएको फैसला गरेका छन् । एफोर्डेबल केयर एक्ट एण्ड इन्सुरेन्स नामक अमेरिकी सरकारको स्वास्थ्य सेवा भोलि डिसेम्बर १५ सम्म बेचिदै गरेको अवस्थाको १ दिन अघि मात्र यस्तो निर्णय ल्याएका छन् ।

टेक्ससका संघीय न्यायाधिसले अहिले साँझ शुक्रबार फैसला गर्दै एफोर्डेबल केयर एक्ट नामक स्वास्थ्य सेवा असंबैधानिक भन्दै हालसालै संघीय कर कानुन परिवर्तन भए पछि सो भएको जनाएका छन् । अमेरिकाभरका सबै तिर फैलिएको उक्त स्वास्थ्य सेवालाई जिल्ला न्यायाधिस रिड ओ कोनरले नष्ट गरि दिएका छन् । गत जनवरीमा उक्त मुद्धा दायर भएको थियो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधिसको सामाजिक संजाल मार्फत प्रशंसा गरेका छन् । ओबामा केयरलाई असंबैधानिक भन्ने न्यायाधिसलाई पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले नियुक्ति गरेका हुन् ।

प्रतिक्रिया