आफ्नै बाबुलाई श्रीमान बनाएर दिदिले सम्पती लुटिन् | बहिनीको यस्तो बिजोग (स्थलगत रिपोर्ट)

इनेप्लिज २०७५ मंसिर २८ गते १२:३२ मा प्रकाशित

 

आफुलाई जन्म दिने बा लाई पति र हजुरबा लाई ससुरा बनाएर सबै जग्गा आफ्नो नाममा पारेको र अदालतले पनि अन्याय गरेको भन्दै पोखरा महानगरपालिका वडा नं १०/१५ का महिला समुह र समाजसेवीले पोखराको रामबजारमा प्रदर्शन गरेका छन् ।
कालिका मन्दिर परिसर महिला समुह, मनकामना टोलविकास संस्था महिला उपसमिति, लक्ष्मिटोल आमा समुह, जनजागृती आमा समुह लगायतका संस्था र रामबजार आसपासका समाजसेवीले दुर्गा कुँवरको घर अगाडी प्रदर्शन गरेका हुन् । उनिहरुले दुर्गा कुँवरलाई घर निकाला गर्न नपाईने, पैतृक सम्पती आधा आधा पाउनुपर्ने, दुर्गा कुँवरले न्याय पाउनुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।
दुर्गा कुँवरलाई न्याय दिएर छोड्ने बताउदै अभियन्ता तथा समाजसेवी पवित्रा गुरुङले भन्नुभयो आज घर निकाल्न दुर्गाको दिदी आउदैछन् भन्ने जानकारी पाएर हामी यहाँ उपस्थित भएका हौ । गुरुङले अगाडी भन्नुभयो – दुर्गा कुँवर अन्यायमा परेकी छन्, उनलाई न्याय दिनु हाम्रो दायित्व हो, उनले न्याय नपाईन्जेल हामी उनको साथमा रहन्छ ।

प्रतिक्रिया