पोलेको मकै खानुहोस तपाइँलाई हुन्छ यस्तो फाइदा

इनेप्लिज २०७५ मंसिर २७ गते ११:४९ मा प्रकाशित

पोलेको मकै खानुस्, धेरै फाइदा हुन्छ । पोलेको मकैको स्वाद नै मिठो हुन्छ । तर, कहिल्यै सोच्नुभएको छैन होला, पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कत्तिको फाइदा हुन्छ भनेर । मकै एक यस्तो तत्व हो, जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ ।

पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो । पोलेको मकै खानाले दाँत बलियो हुन्छ । मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ । त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्‍याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।

प्रतिक्रिया