बोकाको कारण डिलिट गरेर फेरी अपलोड गरियो मेलिनाको राईको ओइ ओइ केटी । (भिडियो सहित )

इनेप्लिज २०७५ मंसिर २६ गते २२:०१ मा प्रकाशित
यूटुबमा 2 लाख 27 हजार भन्दा बढी भ्यू गईसकेको गीत  ओइ ओइ केटीको भिडियोमा सुरुवाती सम्बादमा बोका शब्द प्रयोग गरिएको थियो । जसमा धेरै श्रोता , दर्शकले  आपत्ति जनाउनु भएकोले भिडियो निर्माण यूनिटले दर्शकहरुको भावनाको कदर गर्दै सो भिडियोलाई डिलिट गरी र सो सम्बाद सच्याइ पुन भिडियो अपलोड  गरेको छ ।
उक्त गीतमा शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारले गरेका छन् ।   गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको रहेको छ । किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने निर्देशन राजिव समरले गरेका हुन् ।

प्रतिक्रिया