के हो फेस रिडिङ ? अनुहार हेरेरै भविष्यबाणी गर्दै युवा ज्योतिषी अर्जुन क्षेत्री…. (भिडियो हेर्नुहोस्)

इनेप्लिज २०७५ मंसिर २६ गते ०:३७ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय मानिसहरुको भबिष्यबाणी प्रतिको बिश्वास बढ्दै गएको छ । हालका केहि बर्षयता ज्योतिषीशास्त्रलाई बैज्ञानिक संगठन नासाले समेत प्रमाणित गरि सकेको छ । नेपालमा मात्र नभएर बिश्वमै भविष्यबाणी तथा बास्तुशास्तको महत्व बढ्दै गएको हो । जीवनमा असफल, बैवाहिक जीवन, बैदेशिक रोजगार, ब्यापार ब्यवसाय, शैक्षिक अवस्था जस्ता कारण देखाएर सर्वसाधारणहरु ज्योतिषीको जाने गरेका छन् ।

जोखाना हेराउने, हात हेराउने, जन्मकुण्डली हेराउने जस्ता भविष्यबाणी सम्बन्धी कार्यहरु हाम्रो समाजमा पहिले देखिनै चलिआएको परम्परा हो । तर आधुनिक ज्योतिषी अर्थात् फेस रिडिङको मोह भने पछिल्लो बढदै गएको छ । अनुहारको प्रत्येक भागहरुलाई मुल्याङ्गकन गरेर बताइने भविष्यबाणीलाई फेस रिडिङ भविष्यवाणी भनिन्छ ।

त्यस्तै पछिल्लो समय नेपालमा युवा ज्योतिषीको नामले चर्चा बटुल्न सफल ज्योतिषी हुन् अर्जुन कुमार थापा अर्थात ज्यो. अर्जुन क्षेत्री भोजपुर स्थायी घर भएका ज्योतिषी क्षेत्री करिब १२ बर्षको उमेरदेखि ज्योतिषी पेशामा सक्रिय रहेका छन् । उनले भारतको वाराणसीमा रहेको संस्कृत पाठशालाबाट ज्योतिष विद्यापिठमा स्नातक गरेका छन् । अनुहार हेरेर भविष्यबाणी, हस्तरेखा अध्ययन, खुट्टाको रेखाको अध्ययन, जन्मकुण्डली हेर्ने, चिना हेर्ने, अक्षर हेरेर भबिष्यबाणी, जोखाना हेर्ने रचामलबाट भविष्यबाणी आदी उनले गर्ने गर्दछन् । साथै क्षेत्रीका अनुसार सहि समयमा आफ्नो भाग्यको बारेमा अध्ययन गरे ४५ दिन भित्र भाग्य बदल्न सकिने उनको दाबी रहेको छ ।

आश्चर्य कुरा त के छ भने रोजगार तथा अध्ययनका सिलसिलामा देश र बिदेशमा रहेका नेपालीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो अनुहार देखाएर भुत बर्तमान तथा भविष्यको बारेमा ज्योतिषी क्षेत्रीबाट परामर्श लिने गरेका छन् । सबै नेपालीहरुले आफुलाई प्रत्यक्ष भेटेर आफ्नो भविष्यबारे बुझ्न असम्भव रहेकोले आफुले निशुल्क सामाजिक सञ्जाल मार्फत ज्योतिषी सम्बन्धी परामर्श दिएको उनले बताएका हुन् । साथै उनले गरेको भविष्यबाणी सत प्रतिशत सही हुने गरेको समेत सर्वसधारणहरुले बताएका छन् ।

उनका अनुसार मानिसको बारेमा अनुहारबाटै धेरै कुराहरु थाहा पाउन सकिन्छ । जहाँ मानिसको नाक, मुख, आँखा, गला, र आँखाका रौहरुले समेत व्यक्तिको भविष्य स्पष्ट पारेको हुन्छ । लामो नाक भएका ब्यक्तिहरु जिद्दी, रिसाहा र लोभी प्रवृत्तिका हुने गर्दछन् । यदि कुनै पनि ब्यक्तिका आँखाहरु ठुला ठुला छ भने त्यो खालको ब्यक्तिहरु लजालु, जिज्ञासु र प्रभावकारी बुद्धिमानी प्रवृद्धिको हुने गर्दछ ।

बिश्वका केही मुलुकमा आधुनिक प्रविधीको भविष्यबाणी अर्थात् फेस रिरिङ गर्ने गरिन्छ । त्यस्तै नेपालमा पनि फेस रिडिङको राम्रो सम्भावना रहेको छ । जसमा पछिल्लो समय सर्वसाधारणहरुको विश्वास बढ्दै गएको छ । जन्मकुण्डली जस्तै अनुहार हेरेर गरिएको भविष्यबाणी सत प्रतिशत साचो हुने गरेको छ ।

युवा ज्योतिषीको रुपमा परिचित अर्जुन क्षेत्रीले देश तथा बिदेशबाट बिभिन्न अवार्ड तथा पुरस्कारहरु समेत पाएका छन् ।

Best Astrology of china-2013 Guangzhou, China
Best Astrology of Banaras -2011 India
Best Astrology of Sri Lanka -2014 unawatuna
International Vastu Association – 2011 from India
Nation seminar on Vegan Jyotis- 2011
Best Astrology of Bangladesh- 2012

युवा ज्योतिषी अर्जुन क्षेत्रीले देश तथा बिदेशमा रहनु भएका नेपालीहरुलाई आफ्नो सामाजिक सञ्जाल मार्फत ज्योतिषिय परामर्श दिदै गरेको भिडियो हेर्नुहोस्…..

https://www.facebook.com/suzaran.thapa.5/videos/773015066370821/?t=4

 

प्रतिक्रिया