सुन्दा नपत्याउने, देख्दा अचम्म अदभुत बालिका (भिडियो सहित हेर्नुस)

गोपाल काफ्ले पथरी २०७५ मंसिर २५ गते २३:२० मा प्रकाशित

मोरङ पथरीशनिश्चरे १० कि आयुशा राई अहिले ११ वर्षकी भइन् तर उनि हिड्डुल गर्न भने सक्दीन्न । कक्ष। २ मा अध्यानरत आयुसा पढ्ने र लेख्ने शक्ति भने अदभुत रहेको छ । १९,२० वर्षको मानिसको जस्तै गफ गर्ने आयूसाको पछि गएर डाक्टर बन्ने सपना छ । उनि जन्मेको ३÷४ महिनामा बाबु बिते पछि मामल बस्दै आएकी आयुसा करिव एक डेढ फिटकी मात्र छिन भने उनकोे दुबै हात खुट्टा लवर जस्तै छन । तर पनि उनि कहिल्यै हरेष नखाई स्कुल जाने गर्छिन । स्थानीय सिदार्थ बोडिङमा पढ्दै आएकी आयुसालाई स्कुलले नै बस्नका लागि कुर्सी बनाईदीएको छ । सार्थी संगि संग खुलेर रमाउने आयुसालाई स्कुलमा सर मिस र सार्थीहरुले सधै हौसला दिने गरेको उनि बताउछिन । औषधी उपचारको अभावमा ११ बर्ष देखि शारिरिक अपाङगता भएर बस्नु परेको हजुरआमा बताउछीन । पोलियोका कारण आफ्नो हात खुट्टा बिग्रिएको आयुसाको भनाई छ ।

हजुरआमाको साथमा खेलेरै दिन गुजार्नु पर्ने र घरको आर्थिक अवस्था अतन्तै न्यून रहेका कारण आफुले केहि गर्न नसकेको आयुशाकी आमा वशन्ती राई बताउछिन । २०६४ सालमा जन्मिएकी आयुशा पहिले सामान्य बच्चा जस्तै थिइन तर विस्तारै रोगले च्याप्दै गयो । करिब ४ वर्षको भएपछि हात खुट्टाले नै काम गर्न छाडे उनि डिडुल गर्नपनि सक्दिनन् । बसेपछि यताउता गर्न पनि उनलाई अरुको सहारा चाहिन्छ ।

 

अझै पनि अप्रेसन गर्दा ठिक हुन्छ भने डाक्टरहरुले आश्वसन दिएका छन तर आर्थिक अभावले उनको अप्रेसन गर्न नसकेको हजुरआमा रहरमाया राइले बताउनुभयो । कसैले आर्थिक सहयोग गरेमा उनको अझै उपचार हुने परिवारको भनाइ छ ।

प्रतिक्रिया