डुंगाबाट खसि युवक वेपत्ता

इनेप्लिज २०७५ मंसिर २५ गते २२:१९ मा प्रकाशित

कास्की,पोखराको फेवातालमा डुंगाबाट खसेर मंसिर २४ गते बिहान काठमाण्डौका एक युवक बेपत्ता भएका छन् । काठमाण्डौ ताँहाचल बस्ने वर्ष-१९का रोजन श्रेष्ठ प्याडल बोट चलाउने क्रमम चिप्लिएर बेपत्ता भएका हुन । डुबी वेपत्ता भएको भन्ने खबर प्राप्त हुनसाथ उक्त स्थानमा तत्कालै वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट प्रहरी नायव उपरीक्षक नविन कार्कीको कमाण्डमा रेस्क्यु टिम सहित १५ जनाको टोली खटिई गई खोजिकार्य भैईरहेको प्रहरीले जनाएको छ ।

खोजिकार्यमा नेपाल प्रहरीलाई पर्‍याप्त उपकरणहरु उपलब्ध नहुदा खोजिमा समस्या भएको प्रहरीको रेस्क्यु टोलिका एक प्रहरीले भने पटक पटक फेवातालमा डुंगा दुर्घटना हुदा वर्षेनि दर्जनौ मानिसले ज्यान गुमाईरहेका छन् ।

प्रतिक्रिया