अरुण चापागाईंको परिवारलाई थोरै भएपनि सहयोग गर्नुहोला

इनेप्लिज २०७५ मंसिर २५ गते २:४२ मा प्रकाशित

कामको शिलशिलामा साउदी अरबमा एक हप्ता अगाडी निधन भएका अरुणको शव अझै पनि साउदी मै छ । कागजी प्रक्रिया र आर्थिक अभावका कारण उनको शव अहिलेसम्म त्यही रहेको पारिवारिक शुत्रले जनाएको छ ।

बिदाको दिनमा अचानक प्रेशर हाई भएर ब्रेन हेमोरेज भएर अरुणको निधन भएको थियो । बिदाको दिनमा ज्यान गएकोले इन्सुरेंस पाउने सम्भावना कम भएको उनका साथीभाईहरु बताउछन । साउदीमा रहेर बिभिन्न नेपाली संस्थामा रहेका उनी एनआरएन साउदीको जेद्धा क्षेत्रिय सदस्य, सामाजिक अभियन्ता र संचारकर्मी पनि थिए ।

बृद्ध बुबा, श्रीमती, एक ११ बर्षकी छोरी र ३ बर्षका छोराका एक मात्र आधार अरुणको निधनले उनको परिवारमा पिडामाथि पिडा थपेको छ । मृतकको चिर शान्तिको कामना गर्दै उनका छोरी र छोराको पढाईमा सहयोग पुगोस भन्ने उद्देश्यले यो गो फण्डमि खोलिएको छ । थोरै भएपनि सहयोग गर्नुहोला ।

https://www.gofundme.com/help-for-arun-chapagain?fbclid=IwAR28IFUK_Zbo_vEhAUtWeGi_I3RR9KwTF-Th1_PfY6-kQGB39Mw0stE0zDI

प्रतिक्रिया